मंगलबार, जेठ ८
०३:००

स्याङजा बचत संघको दशौं वार्षिक साधारणसभा सम्पन्न, उत्कृष्ट कारोबार गर्नेमा निवृत्त र समता साकोस

आईतबार, माघ १
साकोसआवाज प्रतिनिधि
saccosaawaj

स्याङजा । जिल्ला बचत तथा ऋण सहकारी संघ लि.स्याङजाको १० औं वार्षिक साधारणसभा जिल्ला समन्वय समितिको सभाहलमा शनिवार सम्पन्न भएको छ । सभामा संघका अध्यक्ष रविन्द्र प्रसाद श्रेष्ठको अध्यक्षता, जिल्ला सहकारी संघका अध्यक्ष लक्ष्मीपती पौडेलको प्रमुख आतिथ्यता तथा नेफ्स्कूनका पूर्व सञ्चालक भिम गुरुङ र बचत संघका संस्थापक अध्यक्ष अनन्त कुमार श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो । 

प्रमुख अतिथि जिल्ला सहकारी संघका अध्यक्ष पौडेलले सरकारीहरु निती, विधी र प्रविधिमा चल्नुपर्ने बताउनुभयो । उहाँले बर्तमान समयमा सहकारीमा समस्याहरु निरन्तर बढ्दै गइरहेको बताउँदै सरोकारवालाहरुले यस विषयमा विशेष निगरानी गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । 

सभामा नेफ्स्कूनका पूर्व अध्यक्ष भिम गुरुङ, बचत संघका संस्थापक अध्यक्ष तथा सल्लाहकार अनन्तकुमार श्रेष्ठ, सहकारी बैंक पुलतीबजार शाखाकी प्रमुख पुष्पा श्रेष्ठ र जिल्ला सहकारी संघका कोषाध्यक्ष शिवराज वाग्ले लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

साधारणसभामा अध्यक्षको प्रतिवेदन अध्यक्ष श्रेष्ठले, आर्थिक प्रतिबेदन कोषाध्यक्ष किरण केसीले र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन लेखा सुपरिवेक्षण समितिका संयोजक मुक्तिप्रसाद पाण्डेले प्रस्तुत गर्नुभएको थियो । 

कार्यक्रम सञ्चालन सचिव अच्युत पोख्रलले र स्वागत मन्तव्य संघका उपाध्यक्ष यज्ञप्रसाद पाठकले गर्नुभएको थियो ।

साधारणसभामा उत्कृष्ट कारोबार गर्ने संस्था निवृत्त बचत तथा ऋण सहकारी संस्था र समता बचत तथा ऋण सहकारी संस्थालाई प्रशंसापत्र प्रदान गरिएको थियो । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र