मंगलबार, जेठ ८
०३:२४

लुम्बिनी प्रदेश बचत संघको दोस्रो वार्षिक साधारणसभा सम्पन्न, रिक्त सञ्चालकमा युवराज पोखरेल सर्वसम्मत चयन

शनिबार, पुस ३०
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । प्रदेश बचत तथा ऋण सहकारी संघ लि. लुम्बिनी (लुम्बिनी प्रदेश प्रोस्कून) को दोश्रो वार्षिक साधारणसभा आज बुटवलमा सम्पन्न भएको छ । प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण नेपालको अध्यक्षता, नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्यता तथा  सञ्चालक सन्दिप सापकोटा र प्रदेश सहकारी बिकास बोर्डका कार्यकारी उपाध्यक्ष टिकाराम पोखरेलको विशिष्ट आतिथ्यमा सभाको उद्घाटन सत्र सम्पन्न भएको थियो । 

सभामा अर्घाखाँची जिल्ला सहकारी संघका अध्यक्ष प्रकाश भुसाल, स्थिरीकरण कोष सञ्चालन समितिकी सदस्य ज्ञानु पौड्याल, रुपन्देही बचत संघका अध्यक्ष वसन्त ढकाल लगायत बोल्ने बक्ताहरुले सहकारी अभियानले बचत कर्ताहरुको बचत सुरक्षित हुने गरि ब्यवस्थापन गर्न जोड दिनु भएको थियो । 

सभामा प्रोस्कूनका महासचिब ऋषिराम सापकोटाले बार्षिक प्रतिवेदन, कोषाध्यक्ष प्रेम गुरुङले आर्थिक प्रतिवेदन र लेखा सुपरवेक्षण समितिका संयोजक कृष्ण चौहानले वार्षिक बजेट तथा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारण सभाले पेश भएका प्रतिवेदन सर्बसम्मतिले पास गरेको छ । 

त्यसैगरी सभाले संघ सञ्चालन नीति पास गर्दै सञ्चालकमा रिक्त पदमा माउण्ट एभरेष्ट साकोस कपिलवस्तुका अध्यक्ष युवराज पोखरेललाई सञ्चालक समितिमा सर्बसम्मत चयन गरेको छ । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र