मंगलबार, जेठ ८
०२:२३

अक्कू फोरम २०२३ नेपालमा आयोजना हुने

शुक्रबार, पुस २९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । एशियाली ऋण महासंघ (अक्कू) फोरम २०२३ नेपालमा आयोजना हुने भएको छ । 

आज नेपाल बचत तथा ऋण  केन्द्रीय सहकारी संघ लि. नेफ्स्कून र अक्कूबीच दिपक्षीय समझदारी भएको छ । एशियाली ऋण महासंघकी प्रमुख कार्यकारी अधिकृत एलिनिता भि स्यान रोक्के र संघका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलबीच नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल र आक्कूका चिफ अफ टेक्निकल अफिसर रञ्जित हित्तराचीको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर भएको हो । नेफ्स्कून र राष्ट्रिय सहकारी बैंकको संयुक्त आयोजना रहने फोरम आगामी सेप्टेम्बरमा हुने कार्यक्रम तय भएको छ । यसअघि सन् २०२० मा अक्कू फोरम नेपालमा आयोजना गर्ने घोषणा भएको भएपनि कोभिड १९ का कारण स्थगित भएको थियो । सो अवसरमा अक्कूका प्रतिनिधिले नेफ्स्कूनको मुख्य कार्यालय र स्थिरीकरण कोषको सचिवालयको समेत अवलोकन गर्नुभएको थियो ।  

एशियाली ऋण महासंघका अनुसार उक्त कार्यक्रममा २५ भन्दा बढी देशहरुबाट ४०० भन्दा बढी बचत तथा ऋण सहकारी अभियानकर्मीहरुको सहभागीता रहनेछ ।

आजै, एशियाली ऋण महासंघका प्रमूख कार्यकारी अधिकृत र चिफ अफ टेक्निकल अफिसरले भुमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा.डामोदर रेग्मीसँग भेट गरी नेपालको साकोस अभियानको समसामयिक विषयमा छलफल समेत गर्नुभएको छ ।

 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र