सोमबार, वैशाख ३१
०४:५०

बाराका सात साकोस कर्ब्स कार्यक्रममा आबद्ध, सुशासन कायम हुनेमा विश्वस्त

बिहीबार, पुस २१
साकोसआवाज प्रतिनिधि
saccosaawaj

बारा । मधेश प्रदेशको जिल्ला बाराका सात बचत तथा ऋण सहकारी संस्थाले जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम (कर्ब्स) मा सम्झौता गरेका छन् । कार्यक्रमको प्रभावकारी कार्यान्वयनबाट सुशासन कामय हुनेमा विश्वस्त रहेको साकोस प्रतिनिधिहरूले बताएका छन् । 

यही पौष १९ देखि २१ गतेसम्म भएको सम्झौता कार्यक्रम मार्फत बाराका रोयल साकोस कलैया–६, घण्टीमाई साकोस जितपुर सिमरा–४, सिमरा महिला साकोस जितपुर सिमरा–२, संगालो साकोस जितपुर सिमरा–२, सेवा शुभारम्भ साकोस निजगढ–९,  पालन पोषण साकोस महागढीमाई–२ र सप्तरंगी साकोस जितपुरसिमरा–५ मा सञ्चालनरत साकोसहरु कर्ब्समा आबद्ध भएका हुन् । 

नेफ्स्कूनद्वारा केही समयअघि सञ्चालन गरिएको अभिमुखीकरण कार्यक्रम मार्फत प्रभावित भई जोखिम रहित सुरक्षित साकोस निर्माणको अभियानमा ऐक्यबद्धता जनाउँदै बाराका सात साकोस एकसाथ कार्यक्रममा जोडिएको नेफ्स्कूनका अनुगमन अधिकृत श्याम राजा तिमल्सिनाले जानकारी गराउनुभयो ।  

नेफ्स्कून जिल्ला संघ साझेदारी कार्यक्रम अन्तर्गत नेफ्स्कून, बारा जिल्ला बचत संघ र साकोसबीच कर्ब्स कार्यक्रम कार्यान्वयनमा त्रिपक्षीय सम्झौता भएको हो । सम्झौता कार्यक्रममा नेफ्स्कूनको तर्फ बाट अनुगमन अधिकृत श्याम राजा तिमल्सिना, नेफ्स्कून विरगन्ज फिल्ड इन्चार्ज वृजेश गुप्ता, बारा जिल्ला बचत संघको तर्फबाट अध्यक्ष सतेन्द्र प्रसाद ठाकुर र लेखापाल हरिशंकर चौधरीको सहभागिता रहेको थियो भने साकोसहरुको तर्फबाट अध्यक्ष, व्यवस्थापक तथा अन्य पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम मार्फत साकोसमा सिकाई तथा सुशासनमा बृद्धि र नीति, विधि, प्रविधिको प्रभावकारी कार्यान्वयनमा सहजता आउने अपेक्षा साकोस प्रतिनिधिहरुले गरेका छन् । 
 
कर्ब्स कार्यक्रम नेफ्स्कूनले सञ्चालन गरेको राष्ट्रिय स्तरको साकोसहरुको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम हो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र