सोमबार, वैशाख ३१
०३:४७

न्यू धौलागिरि साकोसको एकाईगत साधारणसभा शुरु 

बिहीबार, पुस २१
साकोसआवाज प्रतिनिधि
saccosaawaj

म्याग्दी । बेनीमा मुख्य कार्यालय रहेको न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्था लि.ले मंगलबारदेखि एकाईगत २३औं वार्षिक साधारणसभा शुरु गरेको छ । 

बेनी सेवोकन्द्र एकाई नं. १ को बेनीमा भएको साधारणसभा गण्डकी प्रदेशसभा सदस्य बिमला गौचनले उद्घाटन गर्नुभयो । साधारणसभा उद्घाटन गर्नुहुदै प्रदेशसभा सदस्य गौचनले सहकारीले उत्पादन र आयआर्जनका क्रियाकलापमा जोड दिनुपर्ने बताउनुभयो । 

सहकारीका संस्थापक अध्यक्ष स्व. राम गौचनकी धर्मपत्नी रहेकी गौचनलाई प्रदेशसभा सदस्यमा निर्वाचित भएकोमा सञ्चालकहरुले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । 

२३ वर्षअघि २९ जनाको रु. सात लाख २५ हजार शेयर पुँजीबाट शुरु भएको सहकारीमा हाल ७ वटा सेवाकेन्द्रमा ६ हजार ४६३ जनाको रु. ८ करोड २३ लाख ३४ हजार ४०० शेयर रकम पुगेको संस्थाका अध्यक्ष अमृतलाल श्रेष्ठले जानकारी दिनुभयो । 

दरवाङ, मल्लाज, सिंगा तातोपानी, पोखरेबगर, बाबियाचौर र फलियागाउँमा सेवा केन्द्र रहेको सहकारीले बागलुङ, कुश्मा पोखराका सहकारीहरुसँग एकिकरण गरि कार्यक्षेत्र विस्तारको तयारी गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । 

कोषाध्यक्ष बमबहादुर पुनले गत वर्ष रु. ६९ करोड ९७ लाख ५० हजार ६६५ निक्षेप संकलन, रु. ७६ करोड ६० लाख छ हजार २२८ ऋण लगानी र रु. एक करोड २८ लाख ९९ हजार ३६५ मुनाफा आर्जन भएको जानकारी दिनुभयो ।  संस्थाको जगेडा कोषमा रु( दुई करोड ३९ लाख ३३ हजार ५७ रहेको छ । 

संस्थाका उपाध्यक्ष रामजीप्रसाद सुवेदीले सक्षम सदस्य, प्रतिस्पर्धी र उत्कृष्ट साकोस भन्ने लक्ष्य सहित अत्याधुनिक प्रबिधिको प्रयोग गरेर सेवा र कारोबार सञ्चालन गरेको बताउनुभयो । 

सचिव चन्द्रकुमार केसीले सामाजिक उत्तरदायित्व अन्तरगत आर्थिक वर्ष २०७८÷७९ मा म्याग्दी बहुमुखी क्याम्पसमा स्नातक अध्ययन गर्ने सोमबहादुर खत्रीलाई रु. १५ हजार पाँच सय र पवित्रा खत्रीलाई रु. २४ हजार ९०० छात्रवृत्ति प्रदान गरिएको जानकारी दिनुभयो । 

कार्यक्रममा लेखा तथा सुपरिवेक्षण समितिका संयोजक गोविन्दप्रसाद पौडेलले आफ्नो समितिको प्रतिवेदन पेश गर्नुभएको थियो । ७ वटा सेवा केन्द्रमा एकाईगत साधारण सभा पछि पुष २३ गते बेनीको भाषा मंका खलको सभाहलमा एकाई प्रतिनिधिहरुको निर्णय प्रमाणितसभा को बैठक गरिनेछ । 

पुष २१ गते दरवाङ, तातोपानी, बाबियाचौर र धौलागिरी तथा २२ गते मल्लाज र पोखरेबगर सेवा केन्द्रको इकाई साधारणसभा गरिने संस्थाका प्रबन्धक बसन्त श्रेष्ठले बताउनुभयो । साधारणसभामा म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष दिपेन्द्रकुमार श्रेष्ठले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । 

बेनी सेवा केन्द्र अन्तरर्गत उत्कृष्ट बचतमा साधना भण्डारी, सुर्यबहादुर तिलिजा, ऋणतर्फ सिता शर्मा सुवेदी र सुर्यबहादुर थापामगरलाई पुरस्कृत गरिएको छ । यसैगरी रेमिटेन्सतर्फ हिमला पाइजा थापा, राधिका उपाध्याय आचार्यलाई पुरस्कार र सम्मानपत्र प्रदान गरिएको थियो । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र