सोमबार, वैशाख ३१
१०:४१

दक्षिणकालीको टल्कु साकोस प्रोबेसन कार्यक्रममा आबद्ध

बिहीबार, पुस २१
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । दक्षिणकाली नगरपालिका–९, फर्पिङमा रहेको टल्कु बचत तथा ऋण सहकारी संस्था लि.प्रोबेसन कार्यक्रममा आबद्ध भएको छ । प्रोबेसन कार्यक्रम नेफ्स्कूनले सञ्चालन गरेको राष्ट्रिय स्तरको साकोसहरुको गुणस्तर सुनिश्चिता सम्बन्धी पूर्ण तथा व्यावायिक साकोस विकास कार्यक्रम हो । 

साकोस कार्यालयमा पौष २० गते आयोजित कार्यक्रममा साकोसका कार्यवाहक अध्यक्ष गायत्री भण्डारी र नेफ्स्कूनको तर्फबाट बरिष्ठ अधिकृत  भरत प्रसाद न्यौपानेले कार्यक्रम सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । 

प्रोबेसन कार्यक्रम आबद्धताले साकोसको संस्थागत विकास र वित्तीय सुशासन कायम हुने विश्वास लिएको अध्यक्ष भण्डारीले बताउनुभयो । 

कार्यक्रममा नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत गणेश प्रसाद तिमल्सिना र साकोसका तर्फबाट सचिव सोम बहादुर बलामी, कोषाध्यक्ष पूर्ण बहादुर बलामी र लेखा सुपरिवेक्षण समिति संयोजक कृष्ण कुमार तामाङ उपस्थित हुनुहुन्थ्यो । 

२०५९ सालमा स्थापना भएको टल्कु साकोसमा हाल १ हजार ९०० जना शेयर सदस्य सहित कुल रु. २६ करोड ६१ लाख ६१ हजार वासलात रहेको साकोसले जनाएको छ । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र