मंगलबार, जेठ १
०१:१५

साकोसहरूका लागि जोखिममा आधारित आन्तरिक लेखा परिक्षण सम्बन्धी तालिम सञ्चालन

बुधबार, पुस २०
साकोसआवाज प्रतिनिधि
saccosaawaj

सुर्खेत । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) फिल्ड कार्यालय वीरेन्द्रनगर, सुर्खेतको आयोजनामा साकोसहरुका लागि जोखिममा आधारित आन्तरिक लेखा परिक्षण सम्बन्धी तालिम सञ्चालन गरिएको छ । पौष १९ र २० गते दुई दिन सञ्चालन हुने उक्त तालिम नेफ्स्कून सुर्खेत फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य बम बहादुर बी.सी.को अध्यक्षता र सुर्खेत फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य लक्ष्मी कुमारी उपाध्यायको विशेष आतिथ्यतामा शुरु भएको थियो ।

तालिममा सुर्खेत र दैलेख जिल्लाका विभिन्न बचत तथा ऋण सहकारी संस्थाबाट गरी जम्मा ३१ जनाको सहभागिता रहेको छ ।  

सभाध्यक्ष बी.सी.ले जोखिममा आधारित आन्तरिक लेखापरीक्षण तालिम एकदमैै प्रभावकारी रहेको वताउनु भयो । तालिमको शीर्षकले नै तालिमको विषयवस्तुलाई प्रट्याएको छ, उहाँले भन्नुभयो, “हामीले साकोसमा जोखिमलाई पहिचान गर्न सक्नु आवश्यक हुन्छ । साकोसमा आउने जोखिमहरुलाई कसरी न्यूनीकरण गर्न सकिन्छ सो विषयमा पनि जानकार भई रहुन पर्ने, संस्थामा आउन सक्ने जोखिमहरुको पहिचान गरी चनाखो भएर काम गर्नु पर्ने र सहकारी ऐन, नीति, नियम, निमावलीमा पनि आफुलाई अनिवार्य अद्यावधिक राख्नुपर्छ ।”

तालिममा फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य लक्ष्मी कुमारी उपाध्यायले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत उमेश कोइरालाले गर्नुभएको छ भने कार्यक्रमको सञ्चालन नेफ्स्कून सुर्खेत फिल्ड कार्यालयका ईन्चार्ज चन्द्रदेव जोशीले र व्यवस्थापन फिल्ड कार्यालय सहायक मदन कुमार चन्दले गर्नु भएको छ । 

तालिम अधिकृत कोइरालाले तालिममा लेखा सुपरीवेक्षण समितिको काम, कर्तव्य, अधिकार, खरिद प्रक्रिया, जोखिम व्यवस्थापन, जोखिमको विश्लेषण र जोखिमको पहिचान लगायतका विविध विषयहरुमा सहजीकरण गर्नुहुनेछ । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र