आईतबार, वैशाख ३०
१०:०५

भक्तपुर बचत संघद्वारा सदस्यहरूका लागि वित्तीय व्यवस्थापन तालिम सञ्चालन

सोमबार, पुस १८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को संस्थागत विकास तालिम सम्पन्न भएको छ । साकोसको संस्थागत विकास उपसमितिको आयोजनामा पौष १७ गते सञ्चालित तालिमको अध्यक्षता संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले गर्नुभएको थियो । 

अध्यक्ष लाखाजुले सहकारीमा वित्तीय व्यवस्थापनको ज्ञानको अभावमा कारण समस्या देखापर्ने हुँदा सहकारीका सञ्चालक तथा व्यवस्थापनले वित्तीय व्यवस्थापनको ज्ञान लिनु अति जरुरी रहेको बतानुभयो ।

संघका सचिव एंव उपसमितिका संयोजक जगनाथ प्रजापतिले तालिमले सहकरी वित्तीय व्यवस्थापनका लागि सहयोग गर्ने विश्वास राख्दै सिकेका कुराहरु व्यवहारमा प्रयोग गरे मात्र तालिमले सार्थकता पाउने विचार व्यक्त गर्नुभयो । 

संघका व्यवस्थापक बालकृष्ण धोजुले सहकारीको वित्तीय व्यवस्थापन गर्न नजान्दा तलरताको समस्या सृजना हुने भन्दै वित्तीय कारोबारमा सजगता अपनाउनुपर्ने बताउनुभयो । साथै सहकारी सञ्चालन प्रक्रियाबारे सदस्यलाई शिक्षित गर्न नसक्दा सहकारीको नकारात्मक सन्देशले सहकारीमा वित्तीय व्यवस्थापनमा चुनौती थपेको बताउनुभयो ।

वागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का प्रमुख कार्यकारी अधिकृत केशव दाहालले तालिमको पहिलो दिन वित्तीय व्यवस्थापन अन्र्तगत वासलात व्यवस्थापनको बारेमा सहजिकरण गर्नुभएको थियो । तालिमको दोस्रो दिन सहजकर्ता कृष्ण प्रसाद अचार्यले सहकारीको आय व्यय व्यवस्थापनको बारेमा सहजिकरण गर्नुभएको थियो । 

तालिममा संघमा आबद्ध संस्थाहरुमध्येबाट २२ जनाको सहभागिता रहेको थियो । तालिममा सहभागी सिता पाण्डे र दिपक श्रेष्ठले तालिम निकै प्रभावकारी रहेको बताउदै तालिमबाट सहकारीको सम्पत्ती दायित्व व्यवस्थापन देखि व्याजदर निर्धारण, बेस रेट क्यालकुलेशन लगायतको व्यवहारिक र उपयोगी बिषयमा सिक्न पाएँकोमा खुशी व्यक्त गर्नुभयो । तालिमको समापन कार्यक्रमको संचालन संघका कर्मचारी श्रृजना तमखुले गर्नुभएको थियो ।
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र