शुक्रबार, वैशाख २८
०४:०८

हातेमालो साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण

सोमबार, पुस १८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

मकवानपुर । हेडौंटास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्था लि.को रणनीतिक व्यावसायिक योजना निर्माण कार्य सम्पन्न भएको छ । 

नेफ्स्कूनको प्राविधिक सहजीकरणमा हेटौंडामा पौष १५ देखि १७ गतेसम्म सञ्चालित योजना निर्माण गोष्ठीमा साकोसका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमितिका सयोजक एवम् सदस्यहरु र उच्च व्यवस्थापनका कर्मचारीहरुको सहभागिता रहेको थियो । 

साकोसका अध्यक्ष हरिप्रसाद पौडेलको अध्यक्षता, सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष तथा सहकारी संघ मकवानपुरका अध्यक्ष नारायण देवकोटाको प्रमुख आतिथ्यता र जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का सचिवको आतिथ्यतामा कार्यक्रमको उद्घाटन भएको थियो । 
 
साकोसको रणनीतिक योजना निर्माणका लागि प्राविधिक सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत विदुर खड्का र तालिम अधिकृत रविन्द्र श्रेष्ठले गर्नुभएको थियो । 

पञ्चबर्षिय रणनीतिक योजनाले अवको ५ बर्षमा करिब १ अर्ब २० करोडको वासलात सहित सदस्यहरुलाई वित्तीय तथा गैरवित्तीय सेवा उपलब्ध गराउने लक्ष्य साकोसले लिएको साकोसका अध्यक्ष पौडेलले  जानकारी गराउनुभयो ।  

साकोसको हाल २४ सय ६५ सदस्य सहित कुल पुँजी करिब ५९ करोड ३३ लाख रहेको साकोसले जनाएको छ ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र