शुक्रबार, वैशाख २८
१०:५१

सहकारी अभियान सुदृढीकरणको प्रयासमा नेफ्स्कून सल्लाहकार समिति

सोमबार, पुस १८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेफ्स्कून सल्लाहकार समितिले बचत तथा ऋण सहकारी संस्था सुदृढीकरणका लागि वित्तीय सहकारी ऐन लगायत विविध महत्वपूर्ण र समसामयिक विषयहरुमा छलफल गरेको छ । संघको सभाहलमा आइतबार बसेको बैठकले सहकारी अभियान सञ्जाल साझेदारीको मार्गदिशा, राष्ट्रिय सहकारी महासंघ, सहकारी बैंक र नेफ्स्कूनबीचको सहकार्यात्मक सम्बन्ध विस्तार, समस्या उन्मुख सहकारी संस्थाको व्यवस्थापन लगायतका विषयमा महत्वपूर्ण निर्णयहरु गरेको छ । 

छलफलका क्रममा संघका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले संघको हालसम्मको प्रगति विवरण, अभियानका समसामयिक सवाल तथा साझा धारणाको विकास लगायतका विषयहरुमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

सहकारी ऐन कार्यान्वयन, द्धिविधायुक्त तहगत कानुन, विभागद्वारा जारी निर्देशनको परिपालना, संघको ३१औं साधारणसभाले पारित गरेको संकल्प कार्यान्वयन, स्थिरीकरण कोष प्रभावकारिता, आइसिएको सदस्यता, संघको भौतिक पूर्वाधार निर्माण तथा इआरपी सफ्टवेयर प्रणाली सञ्चालन लगायतका विविध विषयमा छलफल केन्द्रीत रहेको थियो ।

छलफलका क्रममा नेफ्स्कून सल्लाहकार समितिमा रहनुभएका संघका पुर्व अध्यक्ष एवम् सल्लाहकार क्रमशः मिनराज कडेल, ऋषिराज घिमिरे, डी.बी.बस्नेत र संघका अध्यक्ष परितोष पौड्याल रहनुभएको थियो । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र