शुक्रबार, वैशाख २८
०६:०६

राष्ट्रिय सहकारी बैंकको १९औं बार्षिक साधारणसभा सम्पन्न, पुनः के.बी. उप्रेतीको अध्यक्षता नयाँ सञ्चालक समिति चयन

सोमबार, पुस १८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

ललितपुर । राष्ट्रिय सहकारी बैंकको १९औं वार्षिक साधारणसभाले आगामी ४ वर्षे कार्यकालका लागि पुनः के.वी. उप्रेतीको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्वाचित गरेको छ । 

साधारणसभाले अध्यक्ष र लेखा सुपरिवेक्षण समिति संयोजक सहित ११ पदमा सर्वसम्मत निर्वाचित गरेको छ भने बाँकी ७ वटा पदमा भने शनिवार सम्पन्न प्रदेशस्तरीय एकाइसभाले निर्वाचित गरेको छ । बैंकको निवर्तमान अध्यक्ष रमेश प्रसाद पोखरेल पदेन सदस्य निर्वाचित हुनुभएको छ ।

अध्यक्षमा केबी उप्रेती, लेखा समिति संयोजकमा लक्ष्मीप्रसाद उप्रेतीका साथै सञ्चालकहरुमा राम बहादुर जि.सी., रामहरी बजगाईं, अमृता सुब्बा, पार्वती थापा मगर, केदार मानन्धर, महेन्द्र कुमार गिरी, माधव लाल देवकोटा, विश्वनाथ मण्डल, शिवा थापा, विजया धिताल, तारा गुरुङ्ग, मनोज कुमार थापा मगर, कालीबहादुर महतारा, ध्रुवराज विष्ट र लेखा सुपरिवेक्षण समिति सदस्यमा चन्द्रकुमारी पराजुली र केशवप्रसाद सापकोटा निर्वाचित हुनुभएको छ । 

राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशव प्रसाद बडालको प्रमुख आतिथ्यतामा आज सम्पन्न निर्णय सभाका अवसरमा नवनिर्वाचित् सञ्चालक समिति तथा लेखासुपरिवेक्षण समितिका सदस्यहरुले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । 

नवनिर्वाचित सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिलाई हार्दिक बधाई तथा शुभकामना ।


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र