शुक्रबार, वैशाख २८
०१:२०

झापामा साकोसहरूका लागि आन्तरिक कार्यविधि तथा माइन्यूट लेखन तालिम सञ्चालन

आईतबार, पुस १७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

विर्तामोड । नेफ्स्कून सेवा कार्यालय विर्तामोडको आयोजनामा साकोसहरुका लागि एक दिवसीय आन्तरिक कार्यविधि तथा माइन्यूट लेखन तालिम प्रदान गरिएको छ ।

तालिम नेफ्स्कूनका सञ्चालक घनश्याम अधिकारीको अध्यक्षतामा शुरु भएको थियो । तालिमलाई सम्बोधन गर्दै सञ्चालक अधिकारीले साकोसमा आन्तरिक कार्यविधि तथा माइन्युट लेखन कार्यले महत्वपूर्ण प्रभाव पार्ने बताउनुभएको थियो । साकोसका प्रत्येक गतिविधि संस्थाको कार्यविधि तथा बैठकका माइन्यूटहरुले निर्धारण गर्नेहुँदा सो का लागि कानुनी रुप पुरा गर्ने गरि लेखन र कार्यान्वयन हुन जरुरी रहेको बताउनुभयो । 

 त्यस्तै अर्को सन्दर्शमा नेफ्स्कूनले समय र आवश्यकताका आधारमा साकोस अभियानलाई दिगो र सवल वनाउन हर प्रकारले भौतिक होस् आ अभौतिक जुन जे जसरी हुन्छ तालिम, गोष्ठीको आयोजना गरि अब्बल साकोस निमार्णका लागि लागि परेको बताउनु भयो । उहाँले अब साकोसहरुले संघले गर्ने असल अभ्यास र सुशासनका लागि थालनी गरेका स्तरीकरण कार्यक्रमहरुको आबद्धता अनिवार्य रहेको समेत प्रष्ट पार्नुभयो । 

तालिममा २१ बचत तथा ऋण सहकारी संस्थाबाट ६ जना महिला सहित २५ जनाको सहभागिता रहेको थियो । तालिमको सहजिकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत रामकृष्ण भट्टराईले, स्वागत मन्तव्य नेफ्स्कून फिल्ड कार्यलय झापाका इन्चार्ज सोमनाथ दहालले र कार्यक्रम सञ्चालन नेफ्स्कून सेवा केन्द्र इन्चार्ज विनोद न्यौपानेले गर्नु भएको थियो ।
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र