शनिबार, वैशाख १५
०२:१४

बीसीपी तालिम कार्यक्रमको औपचारिक प्रमाणीकरण सम्पन्न

सोमबार, असोज १९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

चितवन  । नेफ्स्कूनले सञ्चालन गरेको महामारी लक्षित व्यवसाय निरन्तरता योजना (बीसीपी) तालिममा भाग लिएका चितवन जिल्लाका प्रोबेशन आबद्ध सहकारीका सहभागीहरुका लागि आज ग्रया्जुऐशन कार्यक्रम आयोजना गरिएको छ ।
चितवन जिल्ला अन्तर्गत साकोस गुणस्तर सुनिश्चिता कार्यक्रम प्रोबेशनमा आबद्ध साकोसहरूका लागि  भदौ २६ गतेदेखि २८ सम्म बीसीपी सम्बन्धी भर्चुअल कार्यशाला गोष्ठी आयोजना गरिएको थियो । उक्त कार्यक्रममा सहभागी साकोसहरुले व्यवसाय निरन्तरता योजना निर्माण सम्पन्न गरेका थिए । आज उक्त तालिम कार्यक्रको औपचारिक  प्रमाणिकरण कार्यक्रम आज रहेको थियो । गोष्ठीमा कोभिड १९ ले सदस्य, संस्था र कर्मचारीमा पारेको प्रभाव विश्लेषण, सम्भावित जोखिम, जोखिमको स्तर निर्धारण, जोखिम न्यूनिकरणको उपायहरुको बारेमा छलफल भएको थियो । 

नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीले बीसीपी निर्माण गर्दा सुक्ष्म विश्लेषण गरिने भएकोले जटिल भएपनि बनाउन अत्यावश्यक रहेको जानकारी गराउनुभएको थियो । बीसीपी तयार गरेर मात्र नपुग्ने भन्दै उहाँले असहज परिस्थितिमा कार्यन्वयन गर्न पनि तत्पर रहनु पर्ने विचार व्यक्त गर्दे बीसीपी निर्माणमा सफल साकोसहरुलाई शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रममा पौरखी साकोस, अथर्व साकोस र एकीकृत चितवन साकोसका व्यस्थापकहरुले बीसीपी निर्माणको अनुभव सुनाउनुभएको थियो । उहाँहरुले सदस्यको सूचना र तथ्याकं व्यवस्थापन निकै महत्वको रहेको धारणा व्यक्त गर्नुभएको थियो । 

समापन कार्यक्रमा नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकालले पनि बीसीपी निर्माणमा सफलता प्राप्त गरेकोमा सहभागी साकोसहरुलाई बधाई तथा आभार व्यक्त गर्नु भएको थियो । व्यवसाय निरन्तरता योजना असमान्य अवस्थामा अत्यावश्यक रहेको प्रकाश पार्दै सदस्यहरुलाई निरन्तर सेवा दिनु पर्ने कुरामा उहाँले जोड दिनु भएको थियो ।  बीसीपी निर्माण गर्दा दीर्घकालिन रुपमा सम्पूर्ण क्षेत्रलाई समेटनुपर्ने र अहिलेको आवश्यकता भनेको प्रविधिमा आधारित सेवा भएको विचार व्यक्त गर्नु भएको थियो ।

कार्यक्रमको सञ्चालन र प्रस्तुतिकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत बिदुर खड्काले गर्नुभएको थियो । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र