शुक्रबार, वैशाख २८
११:२७

स्रोत परिचालन साकोसको सञ्चालकहरूका लागि क्षमता अभिवृद्धि तालिम 

आईतबार, पुस १७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । श्रोत परिचालन साकोस धादिङले आफ्नो २५ औ वार्षिक साधारणसभाबाट नवनिर्वाचित सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिका लागि क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको छ । धादिङको सल्यानटारमा पौष १५ गतेदेखि सञ्चालन भइरहेको ४ दिनवसीय तालिम पौष १८ गते सम्पन्न हुँदैछ ।  

साकोसका अध्यक्ष रुद्र बहादुर खत्रीको अध्यक्षता, त्रिपुरासुन्दरी गाउँ पालिकाका अध्यक्ष राजु उप्रेतीको प्रमुख आथित्यता तथा सोही पालिकाका उपाध्यक्ष देवराज धरेल, धादिङ बचत तथा ऋण सहकारी संघका अध्यक्ष नवराज शर्मा, साकोसका निवर्तमान अध्यक्ष तथा सल्लाहकार प्रदिप अधिकारीको विशेष आथित्यतामा तालिमको शुभारम्भ भएको थियो । 

कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष उप्रेतीले श्रोत परिचलन साकोसले सहकारी अभियानमा पुर्याएको योगदानको प्रशंसा गर्नुभएको थियो । उहाँले अब सहकारीको भूमिका उत्पादनशिल क्षेत्रमा बढाउनुपर्ने आवश्यकता औल्याउँदै सहकारी मार्फत उद्यमशिलता विकास, रोजगारी सृजना र उत्पादनका कार्यक्रम अगाडि बढाउन गाउँपालिका सहकारीसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो । गाउँपालिकाका उपाध्यक्ष धरेलले श्रोत परिचालन साकोस  जिल्लाको गौरव भएको विचार व्यक्त गर्नुभयो ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को प्राविधिक सहयोग रहेको उक्त तालिमको सहजीकरण तालिम अधिकृत सुमन रज घिमिरे र कार्यक्रम अधिकृत सन्दिप राज ढकालले गर्नुभएको छ । 

तालिममा साकोसका सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिबाट गरी २६ जनाको सहभागिता रहेको छ । २०५४ सालमा स्थापित स्रोत परिचालन साकोसको गत असोज अन्तिम साता  सम्पन्न २५औं वार्षिक साधारणसभाबाट रुद्र बहादुर खत्रीको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्वाचित भएको थियो । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र