शनिबार, जेठ ५
०८:४५

नेपालगञ्जमा ऋणको कानुनी प्रक्रिया तथा धितो मूल्यांकन सम्बन्धी तालिम सञ्चालन

बिहीबार, पुस १४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेपालगञ्जमा साकोसहरुका लागि ऋणको कानूनी प्रकृया तथा धितो मूल्यांकन सम्बन्धी तालिम प्रदान गरिएको छ । 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) फिल्ड कार्यालय नेपालगञ्जको आयोजनामा विहिबार सञ्चालित तालिममा जिल्ला बचत संघका अध्यक्ष प्रकाश ज्ञवालीको अध्यक्षता, नेफ्स्कूनका महासचिव दामोदर अधिकारीको प्रमुख आतिथ्यता र राष्ट्रिय सहकारी बैंककी सञ्चालक विजया धितालको विशेष आतिथ्यता रहेको थियो । तालिममा जिल्लाका विभिन्न बचत तथा ऋण सहकारी संस्थाबाट ६५ जनाको सहभागिता रहको थियो ।

संघका महासचिव दामोदर अधिकारीले तालिमले व्यक्तिको ज्ञान, सीप र क्षमताको अभिवृद्धिबाट व्यक्तिको व्यवहारगत परिवर्तन ल्याउन सम्भव हुने भएकोले तालिममा गरिएको खर्चलाई भविष्यको लागनीको रुपमा लिनुपर्ने बताउनुभयो । 

उहाँले सहकारीले ऋण लगानी गर्दा विभिन्न किसिमका कानूनी प्रक्रियाहरु पुरा गर्नुपर्ने त्यसका लागि सहि धितो सुरक्षण, त्यसको मूल्यांकन तथा कागजात प्रक्रिया प्रभावकारी ढंगले पुरा गर्नुपर्ने बताउनु भयो । संघमा आवद्ध भएका र संघको मार्गदर्शनमा सञ्चालनमा रहेका संस्थाहरु प्रतिकुल समयमा पनि सदस्यको वित्तीय तथा गैर वित्तीय आवश्यकता पुरा गर्न सक्षम रहेको स्मरण गराउँदै संघद्वारा सञ्चालित स्तरीकरणका कार्यक्रमहरुमा सहभागी हुन अनुरोध गर्नुभयो ।

कार्यक्रममा नेफ्स्कून नेपालगञ्ज फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य मिना सिग्देलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

तालिमको सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत पवल जंग मल्ल र इन्जिनियर सुभाष गिरीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन एवं व्यवस्थापन फिल्ड कार्यालय प्रमुख गौतम कुमार शाहले गर्नुभएको थियो । 
तालिम पश्चात आफ्नो प्रतिक्रिया दिँदै सहभागीहरुले तालिम अत्यन्त महत्वपूर्ण र प्रभावकारी रहेको बताएका थिए । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र