शनिबार, जेठ ५
०७:५४

चितवनमा साकोसहरुका लागि स्तरीकरण अभिमुखीकरण सञ्चालन

बिहीबार, पुस १४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

चितवन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को चितवन टाँडी सेवा केन्द्रको आयोजनामा स्तरीकरण अभिमुखीकरण कार्यक्रम सौराहामा बुधबार सम्पन्न भएको छ । अभिमुखीकरणमा रत्ननगर नगरपालिका, खैरहनी न.पा, राप्ती न.पा र कालिका न.पा. मा सञ्चालित १४ वटा बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति/प्रतिनिधि र व्यवस्थापकहरु गरी २५ जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रम नेफ्स्कून सञ्चालक समिति सदस्य तथा नेफ्स्कून चितवन फिल्ड कार्यलय व्यवस्थापन उप समिति संयोजक विद्या काईरालाको अध्यक्षता, उपाध्यक्ष शान्ति अधिकारी र लेखा सुपरिवेक्षण समितिका संयोजक नवराज सापकोटाको विशेष उपस्थितिमा भएको थियो । 

उपाध्यक्ष शान्ति अधिकारीले साकोस विकास र सुदृढीकरणका लागि स्तरीकरण कार्यक्रम र स्थिरीकरण कोषमा योगदान अपरिहार्य रहेको बताउँदै विद्यमान तरलता समस्या समाधानका लागि सहकारीहरुले ऋण लगानी भन्दा भाखा नाघेको ऋण असुली र तरलता व्यवस्थापनमा विषेश जोड दिन आग्रह गर्नुभएको थियो ।  उहाँले भन्नुभयो, “ऋण लगानी गर्दा विना धितोको ऋणमा भन्दा धितो सहितको ऋण र सो ऋण तिर्न सक्ने क्षमताको आधारमा लगानीमा जोड दिनुहोस् ।”

संघका लेखा सुपरिवेक्षण समितिका संयोजक सापकोटाले सहकारी संस्थाहरुमा आर्थिक तथा गैरआर्थिक पाटाहरुमा सुशासनको कमी र नीति नियम निर्माण तथा परिपालनामा भएको कमी कमजोरीका कारण चितवनका केही सहकारीहरुमा पनि समस्या देखिएको बताउनुभयो । सहकारी क्षेत्र सुदृढीकरणका लागि आजको आवश्यकता भनेको नीति नियमको पालना साथै सुशासन र पारदर्शिता कायम गर्नु रहेकोप्रति उहाँले जोड दिनुभएको थियो ।  

कार्यक्रमको समापनमा बोल्दै संघकी सञ्चालक विद्या कोइरालाले सुशासित सहकारी सञ्चालनलाई जोड दिन र संघले सञ्चालन गरेका स्तरीकरणका कार्यक्रमहरुमा जोडिएर सुरक्षित र दिगो यात्रा तय गर्न सुझाव दिनुभएको थियो । 

कार्यक्रममा संघका कार्यक्रम अधिकृत सुरज चालिसेले संघका कार्यहरु, बहस पैरवी, भावी रणनीति, स्तरीकरण कार्यक्रम र समसामयीक विषयहरुको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रम व्यवस्थापन टाँडी फिल्ड कार्यलयका प्रमुख केदारनाथ अधिकारीले गर्नुभएको थियोे ।


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र