शनिबार, जेठ ५
०७:२१

सहकारी अभियानकर्मीहरूको टोलीद्वारा नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री पौडेललाई बधाई तथा शुभकामना 

मंगलबार, पुस १२
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णु पौडेललाई मन्त्रालयमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । 

मन्त्री पौडेललाई बधाई तथा शुभकामना दिन सहकारी अभियानको तर्फबाट राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेल सहितको प्रतिनिधि टोली, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी.उप्रेती र नेफ्स्कूनका अध्यक्ष पौड्याल सहित सञ्चालक सदस्य मन्दरा मिश्र, नेफ्स्कूनका कानुनी परामर्शकर्ता अधिवक्ता शिव कुमार अधिकारी र प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।  

उपप्रधान तथा मन्त्री नियुक्त भएसँगै मन्त्रालयमा पौडेललाई बधाई तथा शुभकामना दिने व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो । समय व्यस्तताका कारण कुनै सम्बोधन नगर्नु भएका मन्त्री पौड्यालले सहकारी अभियानसँग समय मिलाएर बसेरै कुराकानी गर्ने विचार व्यक्त गर्नुभयो । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारमा एमालेबाट विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्रीमा सोमबार नियुक्त हुनुभएको हो । 

पौडेलले अर्थमन्त्रालयको .जिम्मेवारी तेस्रो पटक सम्हाल्दै हुनुहुन्छ । 

उपप्रधान तथा अर्थमन्त्रीको सपथ ग्रहण पछि मन्त्री पौडेलले मुलुकको अर्थव्यवस्था सुधार गर्न सुशासन, समृद्धि र राष्ट्रहितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र