शनिबार, जेठ ५
१०:४५

चितवनको सर्वेश्वर साकोस प्रोबेसन कार्यक्रममा आबद्ध

सोमबार, पुस ११
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । चितवनको भरतपुर–२२, पटिहानी मा रहेको सर्वेश्वर बचत तथा ऋण सहकारी संस्था लि.प्रोबेसन कार्यक्रममा आबद्ध भएको छ । प्रोबेसन कार्यक्रम नेफ्स्कूनले सञ्चालन गरेको राष्ट्रिय स्तरको साकोसहरुको गुणस्तर सुनिश्चिता सम्बन्धी पूर्ण तथा व्यावायिक साकोस विकास कार्यक्रम हो । 

साकोस कार्यालयमा पौष १० गते आयोजित कार्यक्रममा साकोसका अध्यक्ष युवराज क्षेत्री र नेफ्स्कूनको तर्फबाट कार्यक्रम अधिकृत  सुरज चालिसेले कार्यक्रम सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । 

प्रोबेसन कार्यक्रम आबद्धताले साकोसको संस्थागत विकास र वित्तीय सुशासन कायम हुने विश्वास लिएको अध्यक्ष क्षेत्रीले बताउनुभयो । 

कार्यक्रममा साकोसका उपाध्यक्ष टेकबहादुर रानाभाट, सचिव हकिृष्ण गौतम, कोषाध्यक्ष सीता रेग्मी पराजुली र  व्यवस्थापक धर्मराज ढुङ्गाना उपस्थित हुनुहुन्थ्यो । 

२०६७ माघ ९ गते स्थापना भएको सर्वेश्वर साकोसमा हाल १ हजार १ सय ३० जना सदस्य र वासलात कुल रु. २६ करोड ७० हजार ९१२ रहेको छ । 
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र