शनिबार, वैशाख २२
०६:४७

नेफ्स्कूनको ३१ औं वार्षिक साधारणसभा भोलिः सम्पूर्ण तयारी पुरा

बिहीबार, पुस ७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेपालका बचत तथा ऋण सहकारी संस्थाहरूको एक मात्र केन्द्रीय संघ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को ३१ औं वार्षिक साधारणसभा भोलि काठमाडौंमा आयोजना हुँदैछ । साधारणसभाका लागि सम्पूर्ण तयारी पुरा भएको संघले जनाएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्ष कमलादीमा २०७९ पौष ८ गते शुक्रबार बिहान ८ बजे आयोजना हुने सभाको उद्घाटन प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले गर्ने कार्यक्रम छ ।

सभामा संघका देशभरका सदस्य संघ संस्थाका प्रतिनिधिहरुका साथै सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति, सल्लाहकारहरु, नियामक निकाय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा सहकारी विभाग, राष्ट्रिय सहकारी विकास बोर्ड, राष्ट्रिय सहकारी महासंघ, विषयगत केन्द्रीय सहकारी संघहरु, राष्ट्रिय सहकारी बैंक, लगायत निकायका साथै संघको व्यवस्थापनको सहभागिता रहने छ ।

त्यसैगरी, सभामा राष्ट्रिय युवा परिषद, लायन्स क्लब इन्टरनेशनल, अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ), सिटिजन लाइफ इन्स्योरेन्स, आइएमइ लाइफ, आइएमइ जेनेरल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, जिनोब प्रा.लि, रारा डिजिटल ल्याब, नियोसिस टेक्नोलोजी लगायतका नेफ्स्कूनका साझेदार निकायहरुको पनि सहभागिता रहने छ । गत वर्ष मंसिरको पहिलो शुक्रबार ३०औं वार्षिक साधारण सभा सम्पन्न गरेको संघले यस बर्ष भने संसदीय निर्वाचनका कारण मंसिरमा सम्भव नभएपछि पौषको पहिलो शुक्रबार आयोजना गर्न लागेको हो । 

उद्घाटन सत्रमा संघको ३५ औं स्थापना दिवस २०७९ साउन ३१ गते घोषणा गरिएका सम्मान तथा पुरस्कारहरु पनि प्रदान गरिने छ । दोस्रो सत्रमा संघका वित्तीय प्रतिवेदनहरु प्रस्तुतिसँगै तिनीउपर सदस्यहरुको सुझाव संकलन, विस्तारित मञ्चबाट संकलित सुझाव साथै प्रतिवेदन छलफल एवम् निर्णयार्थ विभिन्न प्रस्तावहरु पेश तथा स्वीकृति र साधारणसभाको निर्णय पुस्तिका प्रमाणीकरणका लागि प्रतिनिधि चयन आदिको कार्यक्रम रहेको छ ।

साधारणसभामा संघमा आबद्ध ३ प्रदेश बचत संघ, ६५ जिल्ला बचत संघ र प्रत्यक्ष ४ हजार ४ सय ७४ गरी कुल ४ हजार ५ सय ४२ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहने छ । संघले ७ वटै प्रदेशमा विस्तारित मञ्चका कार्यक्रम गरी सदस्यहरुको अपेक्षा साथै सुझाव संकलनको काम समेत गरिसकेको हुँदा निर्णायक सभा चुस्त र प्रभावकारी बन्ने संघले जनाएको छ । 
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र