शनिबार, वैशाख २२
०३:३४

जिल्ला बचत संघ मोरङमा प्रेम प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन

बिहीबार, पुस ७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मोरङको २९औं वार्षिक साधारणसभा साथै चुनावी सभाले प्रेम प्रकाश कोइरालाको अध्यक्षतामा १७ सदस्यीय सञ्चालक समिति र बिना राइको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्वाचित गरेको छ । 

अध्यक्षमा प्रेमप्रकाश कोईराला, बरिष्ठ उपाध्यक्षमा एकराज निरौला, महिला उपाध्यक्षमा सीतादेवी अधिकारी लामिछाने, सचिवमा जीवन बस्नेत र सहसचिवमा युवराज दाहाल निर्विरोध निर्वाचित हुनुभएको छ भने पौष २ गते सम्पन्न चुनावी सभाबाट कोषाध्यक्ष, खुल्ला सदस्य र महिला सदस्य पदका लागि मात्र निर्वाचन भएको थियो । कोषाध्यक्षमा ढकबहादुर थापा, खुल्ला सदस्यमा क्रमशः उमेश वस्ति, गणेश प्रसाद निरौला, गोपाल बारकोटी, सागर सुवेदी, गोपाल कुमार घिमिरे र हरिप्रसाद कोईराला निर्वाचित हुनुभएको छ भने महिला सदस्यमा कृष्णमाया विष्ट, इन्दिरा भट्टराई, सावित्रा चापागाई, मीना कार्की र बालकुमारी लिम्बु निर्वाचित हुनुभएको छ ।

त्यसैगरि निर्विरोध निर्वाचित लेखा सुपरिवेक्षण समितिकी संयोजकमा बिना राई र सदस्यहरुमा खेमराज गौतम र हेमबहादुर श्रेष्ठ चयन हुनुभएको छ । संघमा २ सय ६९ सहकारी सदस्य छन् । संघको नयाँ नेतृत्वको कार्यकाल चार बर्षको रहनेछ ।

जिल्ला बचत संघ मोरङको नवनिर्वाचित सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिलाई हार्दिक बधाई एवम् शुभकामना ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र