आईतबार, वैशाख २३
०१:०२

स्याङ्जाको श्री देउराली साकोस प्रोबेसन कार्यक्रममा आबद्ध

मंगलबार, पुस ५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । स्याङ्जाको हरिनास गाउँपालिका–४ मा अवस्थित श्री देउराली बचत तथा ऋण सहकारी संस्था लि.प्रोबेसन कार्यक्रममा आबद्ध भएको छ । प्रोबेसन कार्यक्रम नेफ्स्कूनले सञ्चालन गरेको राष्ट्रिय स्तरको साकोसहरुको गुणस्तर सुनिश्चिता सम्बन्धी पूर्ण तथा व्यावायिक साकोस विकास कार्यक्रम हो । 

साकोस कार्यालयमा पौष ४ गते आयोजित कार्यक्रममा साकोसका अध्यक्ष नारायण सिंह थापा र नेफ्स्कूनको तर्फबाट पोखरा फिल्ड कार्यालयकी इन्चार्ज यमकला सुबेदीले कार्यक्रम सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । 

प्रोबेसन कार्यक्रम आबद्धताले साकोसको संस्थागत विकास र वित्तीय सुशासन कायम हुने विश्वास लिएको अध्यक्ष थापाले बताउनुभयो । 

कार्यक्रममा साकोसका उपाध्यक्ष शिव बहादुर थापा, सचिव टुक बहादुर थापा, सञ्चालक सदस्य खिम बहादुर थापा, व्यवस्थापक विष्णुमाया राना र  नेफ्स्कून खैरेनिटार सेवा केन्द्र प्रमुख दिपक आचार्य उपस्थित हुनुहुन्थ्यो । 

२०६६ सालमा स्थापना भएको देउराली साकोसमा हाल ७ सय १६ जना सदस्य छन्  साकोसको संस्थागत पुँजी करिब ८ प्रतिशत भन्दा बढी र वासलात करिब रु. १३ करोड रहेको छ ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र