सोमबार, वैशाख २४
०८:३५

रजतवर्षका अवसरमा सामूहिक साकोस भक्तपुरद्वारा सदस्य सम्मान

आईतबार, पुस ३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । सामूहिक बचत तथा ऋण सहकारी संस्था लि. भक्तपुरले आफ्नो रजतबर्षमा अवसरमा शनिबार स्मारिक विमोचन साथै सदस्य र उत्कृट विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । 

साकोसले ७१ जना संस्थापक सदस्य, २० जना ज्येष्ठ सदस्य, ३५ जना एस.इ.इ उत्तीर्ण र ११ जना १०ं२ उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको हो । 

साकोसका अध्यक्ष धनेशराज राजोपाध्यायको सभापतित्व र बागमती प्रदेश, प्रदेशसभा सदस्य माननीय सुरेन्द्रराज गोसाइँको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष एवं रजतवर्ष मूल समारोह उपसमितिका संयोजक राजाभाई भेलेले रजतवर्ष–२०७९ को संक्षिप्त जानकारी सहित उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो । 

प्रमुख अतिथि गोसाइँले सामूहिक साकोसले हालसम्म हासिल गरेका उपलब्धिका आधारमा सफलताको लामो यात्रा तय गर्नेमा ढुक्क रहेको बताउनुभयो । सहकारी वित्तीय कार्यमा मात्र सिमित नभई श्रम, संस्कृति र सहकार्यलाई पनि सँगसँगै लिएर भुई तहका जनताहरुको आर्थिक उत्थानको लागि कार्य गर्नु पर्ने धारणा राख्नुभयो । 

साकोसका सचिव कृष्णहरि सैंजुले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का सञ्चालक कृष्णश्वरी प्रजापति, साकोसका लेखा सुपरिवेक्षण समिति संयोजक नित्यनाथ श्रेष्ठ, संस्थापक सदस्य तथा पूर्व अध्यक्ष राजेशबहादुर श्रेष्ठले आ–आफ्नो धारणा राख्नुभएको थियो । 

कार्यक्रममा १५६ जना भन्दा बढिको सहभागिता रहेको थियो ।


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र