सोमबार, वैशाख २४
०४:४२

जनमुखी साकोस पोखराको १४औं बार्षिक साधारणसभा सम्पन्न

आईतबार, पुस ३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । जनमुखी बचत तथा ऋण सहकारी संस्था लि.कास्की पोखराको १४ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । साकोसका अध्यक्ष कुमार विकको अध्यक्षता, नेफ्स्कूनका सञ्चालक सदस्य कमलादेवी गिरीको प्रमुख आतिथ्यता र गण्डकी प्रदेश अर्थमन्त्रालयका स्वकिय सचिव भिम बहादुर विश्वकर्माको विशेष आतिथ्यतामा सभाको उद्घाटन भएको थियो । 

प्रमुख अतिथि नेफ्स्कूनकी सञ्चालक गिरीले बचत तथा ऋण सहकारी संस्थााई दिगो रुपमा सञ्चालन गर्न र साकोसमा सुशासन कामम राख्न सदस्यहरुको भूमिका महत्वपूर्ण रहने बताउनुभयो । उहाँले साकोसका सदस्यहरुले आफू आवद्ध संस्थाको गतिविधि, बचत परिचालन, ऋण लगानीको अवस्था के भइरहेको छ, समय समयमा बुझ्ने र सहकारीका नियमिति गतिविधिमा क्रियाशिल सहभागिता जनाउनु सदस्यको कर्तव्य रहेको स्पष्ट पार्नुभयो ।  सदस्य साकोसका मालिक हुन्, सदस्य केन्द्रीत सेवा प्रवाह गर्नु र सम्पूर्ण वित्तीय तथा गैरवित्तीय कारोबार नीति, विधि र प्रविधिमैत्री बनाउनु साकोसको दायित्व हो, यसले साकोसमा सुशासन कायम गर्न सहायोग पुग्छ, उहाँले भन्नुभयो । 

सभामा विशिष्ट अतिथि गण्डकी प्रदेश अर्थमन्त्रालयका स्वकिय सचिव भिम बहादुर विश्वकर्मा, साकोसका संस्थापक अध्यक्ष रामबहादुर, नेपाल चेम्बर अफ कमर्शका उद्योग विभागका उपाध्यक्ष ज्ञानबहादुर नेपाली लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 

२०६५ साल माघ १० गते दर्ता भएको जनमुखी साकोसमा हाल ४ सय ६९ शेयर सदस्य र ७२ जना बालबचतकर्ता छन् । रु.२ करोड ७० लाख शेयर पुँजी, रु.६ करोड २४ लाख ४५ हजार ५३१ बचत, रु. ६ करोड ६२ लाख ९० हजार ऋण लगानी सहित कुल १० करोड ८३ लाख २९ हजार २९२ कुल वासलात रहेको साकोसले जनाएको छ । करिब रु. ४८ लाख ८८ हजार जगेडा कोष र करिब रु. १६ लाख शेयर लाभांश कोष रहेको साकोसले सदस्यहरुलाई ८ प्रतिशत लाभांश वितरण गरिने जनाएको छ । 

सदस्य केन्द्रीत सेवा प्रवाह, नियमित सदस्य शिक्षा, सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु र सदस्यको दुःखद् निधनमा रु. १० हजार नगद सहयोग लगायतका कार्यक्रमहरु साकोसले अगाडि सारेको साकोसका व्यवस्थापक गोपाल बहादुर बासेलले कुराकानीका क्रममा जानकारी गराउनुभयो । 

सभामा साकोसका उत्कृष्ट कारोबारी सदस्य, उत्कृष्ट कर्मचारी र एसईई देखि स्नातकोत्तरसम्म उत्कृष्टता हासिल गर्न सफल शेयर सदस्यका छोराछोरीहरुलाई सम्मान तथा नगद पुरस्कार प्रदान गरिएको थियो ।  

१३ जना उत्कृष्ठ विद्यार्थीहरुलाई एक एक हजार नगद सहयोग मंगल सञ्चारी प्रतिष्ठान गोर्खाका संस्थापक अध्यक्ष उमेश अछामीको सौजन्यमा भएको थियो भने साकोसका उत्कृष्ट कर्मचारी एक जनालाई २५०० नगद सहयोग साकोसले गरेको थियो । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष दशरथ सुनार र कार्यक्रम सञ्चालन सचिव रुपलाल सुनारले गर्नुभएको थियो । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र