शनिबार, वैशाख २९
०६:४२

सगुन साकोसको आयोजनामा साताव्यापी आँखा शिविर सञ्चालन, ५०२ जनाले लिए सेवा

शुक्रबार, पुस १
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । सगुन बचत तथा ऋण सहकारी संस्था लि. सर्लाहीको ब्यवस्थापनमा सामाजिक उत्तरदायित्व बहन गर्दै निःशुल्क मोतियाविन्दुको अप्रेशन सहितको आँखा शिविर सम्पन्न भएको छ । 

सगुन साकोसका सचिव राजकुमार उप्रेतीको अध्यक्षता र गोडैता नगरपालिकाका नगर प्रमुख देबेन्द्र कुमार यादबको प्रमुख आतिथ्यतामा आँखा शिविर कार्यक्रम शुभारम्भ भएको थियो । मंसिर २३ गतेदेखि पौष १ गते सम्म सञ्चालित साताव्यापी शिविरमा सर्लाही जिल्लाको हरिवन, लालबन्दी, बागमती, हरिपुर, बरहथवा र गोडैता नगरपालिकामा आँखा जाँच शिविर सञ्चालन गरिएको थियो । 

गोडैता नगरपालिकाको बेणी भोला नमुना मा.वि. र हरिवन सुखेपोखरी स्थित चतुरभुजेश्वर महादेव मन्दिर मा सञ्चालित शिविरमा भने विरामीहरुको  िमोतियाविन्दुको अप्रेशन समेत गरिएको थियो ।
 ७ दिने शिविरमा आँखाको अप्रेशन विरामीको संख्या अत्याधिक भएका कारण १ दिन समयावधि थप गरिएको थियो । 

उक्त शिविरमा २ हजार ३ सय ८३ जनाले आँखाको जाँच गरेका थिए भने गोडैतामा २३९ र हरिवनमा २६३ गरि ५०२ जनाको मोतियाविन्दुको अप्रेशन, औषधि र चस्मा निःशुल्क उपलब्ध गराईएको थियो । 

डार्क फाउन्डेसन, पार्टनर फर ईक्यिुटि को आर्थिक सहयोगमा नेपाल नेत्रज्योति संघ भरतपुर आँखा अस्पताल, सगुन बचत तथा ऋण सहकारी संस्था लि हरिवन ११, गोडैता नगरपालिका, चतुरभुजेश्वर शिवमन्दिर ब्यवस्थापन समितिको संयुक्त आयोजना उक्त शिविर सञ्चालन भएको हो । 

शिविरको अन्तमा एक अनौपचारिक कार्यक्रम गरि संस्थाको अध्यक्ष केशव प्रसाद ढकालले सहयोग र सहकार्य गर्दै आम नागरिकको सेवामा सगुन र भरतपुर आँखा अस्पतालको सेवालाई सर्लाही बासीले सम्झिरहने बताउदै स्वास्थ्य कर्मीलाई मायाको चिनो सहित विदाई गर्नुभएको थियो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र