शनिबार, वैशाख २९
०१:४१

आफ्नै भवनबाट सेवा प्रवाह गर्दै महिला प्रयास साकोस

शुक्रबार, पुस १
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । धुम्बाराही –४, काठमाडौंमा रहेको महिला प्रयास बचत तथा ऋण सहकारी संस्थाले आफ्नै भवनबाट कारोबार सुरु गरेको छ । विश्वसनीय र गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको महिला प्रयासले रजत महोत्सब बर्ष २०७९ का अवसरमा नवनिर्मित भवन उद्घाटन साथै साकोसको रजत स्मारिका प्रकाशन गरेको हो । 

साकोसले मंसिर २६ गते सोमबारदेखि नै नवनिर्मित भवनबाट कारोबार सुरु गरेको हो । भवनको उद्घाटन राष्ट्रिय सहकारी महासंघका सञ्चालक एवम् सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेतिले गर्नुभएको थियो । 

वित्तीय कारोबार र गैरवित्तीय सेवा दुबै हिसावले सदस्यको विश्वास आर्जन गर्दै अघि बढेको साकोसले आफ्नै धुम्बाराही–४ स्थित ५ आना जग्गामा ९ कोठा सहितको तीन तले भवन निर्माण गरेको हो । करिब २ करोड १५ लाख लागत परेको सो भवन निर्माणका लागि साकोसको जगेडा कोष र अन्य कोषमा रहेको रकमको ५० प्रतिशत र भवन निर्माण कोषमा रहेको रकम परिचालन गरिएको साकोसकी अध्यक्ष विनिता अधिकारीले जानकारी गराउनुभयो । 

२०५५ जेठ १५ गते दर्ता भई हाल काठमाडौं जिल्ला भर कार्यक्षेत्र राखी ३ हजार भन्दा बढी सदस्यहरुमाझ वित्तीय सेवा उपलब्ध गराउँदै आएको साकोसले महिलाहरुको आर्थिक, सामाजिक स्तरोन्नतीका लागि विभिन्न सीपमूलक र आयमूलक कामहरु गर्दै आइरहेको छ भने आत्मनिर्भर र गुणस्तरीय सदस्य निर्माणमा साकोसको निरन्तर जोड रहेको छ ।  

स्थानीय स्तरमा रहेका महिलाहरुको आर्थिक तथा सामाजिक स्तर अभिवृद्धि गर्ने उद्देश्यसहित स्थापना भएको महिला प्रयास साकोसले २७ जना शेयर सदस्यहरुमार्फत रु. २५०० पुँजीबाट सहकारी यात्रा सुरु गरेको थियो । 

महिलाद्वारा सञ्चालित महिलाहरुको प्रयासबाटै सफलता तर्फ लम्केको महिला प्रयास साकोसमा हाल ३ हजार २ सय ९८ महिला सदस्यहरु र ९ सय ३४ बालबालिका सदस्य छन् । रु.४ करोड २४ लाख ५० हजार ६०० शेयर पुँजी, जगेडा कोषमा रु.२ करोड ८९ लाख ४९ हजार ६१४, बचत निक्षेप रु. ३३ करोड १ लाख ५२ हजार ३७१, अन्य कोषमा रु.३ करोड २५ लाख ५६ हजार ३९० र कुल पुँजी रु.४५ करोड १६ लाख ७७ हजार ६५९ रहेको साकोसले जनाएको छ ।    


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र