आईतबार, वैशाख ३०
०६:०२

सामुहिक विकास साकोसका सञ्चालकहरूको क्षमता अभिवृद्धि तालिम सम्पन्न

बिहीबार, मंसीर २९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । सामुहिक विकास साकोस रुपन्देहीको सञ्चालकहरूको क्षमता अभिवृद्धि तालिम (सियुडिसिसि) बुधबार सम्पन्न भएको छ । नेफ्स्कूनको प्राविधिक सहयोगमा मंसिर २४ देखि २७ गते सम्म सञ्चालित तालिममा साकोसका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति र  कर्मचारी गरी २२ जनाको सहभागिता रहेको थियो । 

साकोसका सञ्चालक तथा शिक्षा उपसमिति संयोजक भूमिलाल सापकोटाको अध्यक्षता र अध्यक्ष सुरेन्द्र कुमार वर्माको प्रमुखत्वमा तालिमको उद्घाटन भएको थियो ।

तालिम सहजीकरण नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत तथा तालिम विभागका प्राचार्य सञ्जयराज तिमिल्सीना र तालिम अधिकृत उमेश कोइरालाले गर्नुभएको थियो । 

तालिम अत्यन्तै उपलव्धीमूलक रहेको र सिकेको कुराहरु संस्थामा लागु गर्ने प्रतिवद्धता तालिमका सहभागीवाट व्यक्त गर्नुभएको थियो ।

साकोसमा हाल ९ हजार ७ सय ५७ शेयर सदस्यहरु र  रु. ३ अर्ब १४ करोड वासलात रहेको छ । गत असोज ८ गते साकोसले आफ्नो २८औं वार्षिक साधारणसभा सम्पन्न गरेको थियो । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र