आईतबार, वैशाख ३०
०४:३६

त्रिवेणी साकोसको आयोजनामा प्रोबेसन मध्यतराई पाँचौ समूहको १३औ सिकाई कार्यशाला सम्पन्न

बिहीबार, मंसीर २९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम (प्रोबेसन) मध्यतराई पाँचौ क्लस्टरको १३औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला बुधबार सम्पन्न भएको छ । 

त्रिवेणी साकोस हरिवन–६, सर्लाहीको आयोजना तथा नेफस्कूनको प्राविधिक सहयोगमा सञ्चालित कार्यशाला त्रिवेणी साकोसका अध्यक्ष नवराज हुमागाइको अध्यक्षता र हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकीको प्रमुख अतिथ्यतामा भएको हो । कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. सर्लाहीका अध्यक्ष वावुराम घिमिरेको विशेष आतिथ्यता र नेफ्स्कून फिल्ड कार्यालय हरिवनका प्रमुख महेश वरालको आतिथ्यता रहेको थियो ।   

कार्यशालाको सहजिकरण नेफस्कूनका कार्यक्रम अधिकृत विदुर खड्काले गर्नु भएको थियो । 
कार्यशालाका प्रमुख अतिथि हरिवन नगरपालिकाका प्रमुख बुढाथोकीले सहकारीहरुले उत्पादन मुलक क्षेत्रमा लगानि गर्नुपर्ने र सामाजिक उत्तरदायित्वपूर्ण कार्य गरेर सदस्यहरुको जीवन स्तर उकास्नु पर्ने वताउनुभयो । बुढाथोकीले सहकारीको बिगतका लामो अनुभव सम्झदै हालको सहकारीहरुलाई व्यक्तिमुखि नभै समुदायमा आधारित भई सञ्चालन हुन अनुरोध गर्नुभयो । मिटर ब्याजी आन्दोलनमा मुख्य भुमिकामा रहनुभएका नगर प्रमुख बुढाथोकीले मिटर ब्याजीबाट मुक्त समाज निर्माण गर्न सहकारीको महत्वपूर्ण भुमिका रहने बताउनु भयो । 

कार्यक्रममा जिल्ला बचत संघ सर्लाहीका अध्यक्ष बाबुराम घिमिरेले हाल सानासाना सहकारीहरुलाई  तरलता संकट जस्ता चुनौती सामना गर्न कठिनाइ भैरहेको अबस्था सम्झदै सहकारी मजबुतिका लागि मर्जर अभियानलाई अगाडि बढाउनु पर्ने तथा नयाँ सहकारी दर्तामा रोक लगाउनु पर्नेमा जोड दिनु भयो । 

कार्यक्रम सहजकर्ता विदुर खडकाले पुँजी पर्याप्तता तथा पर्ल्स विश्लेषण सम्बन्धि जानकारी गराउदै उपस्थित सवै सहकारीहरुलाई  सोही अनुसारको विधि अवलम्न गर्न अनुरोध गर्नुभयो । 

कार्यशालामा पाँचौ क्लष्टरमा आवद्ध सिन्धुली जिल्लाका मिलिजुली साकोस र सिन्धु साकोस त्यस्तै महोत्तरी जिल्लाको बर्दिवास साकोस, सर्लाहीको जनहित साकोस, डुमडुमे साकोस र त्रिवेणी साकोस  साथै रौतहट जिल्लाबाट चन्द्रोदय साकोस गरि ७ वटा साकोसको सहभागिता रहेको कार्यशालाको कार्यक्रममा स्वागत मन्तव्य त्रिवेणी साकोसका व्यवस्थापक रामलाल महतोले राख्नु भएको थियो ।

कार्यशालामा उपस्थित सवै साकोसका ब्यवस्थापकहरुले आ–आफ्नो वित्तीय विवरण प्रस्तुत गर्नु भएको थियो ।  कार्यशालाको अध्यक्षता गर्नुभएका आयोजक साकोसका अध्यक्ष हुमागाइले सहभागी सवै साकोसका प्रतिनिधिहरुलाई मायाको चिनो हस्तान्तरण गर्दै अर्काे १४औँ  कार्यशाला चैत्र २४ गते जनहित साकोस रानीगन्ज, सर्लाही को आयोजनामा हुने जानकारी गराउँदै कार्यशाला समापन भएको घोषणा गर्नुभएको थियो ।


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र