शनिबार, जेठ ५
०४:३६

नेफ्स्कूनद्वारा चितवनमा सम्भाव्य सदस्य अभिमुखीकरण सञ्चालन

बिहीबार, मंसीर २९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेफ्स्कून चितवन फिल्ड कार्यालयको आयोजनामा सम्भाव्य सदस्यहरुका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । संघको छातामुनी आउन बाँकी बचत तथा ऋण सहकारी संस्थाहरुलाई संघमा आबद्ध गराई जागरण, विकास, प्रवर्धन र सञ्जालीकरण मार्फत सदस्यहरुको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यसहित संघका नियमिति कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । 

मंसिर २८ गते आयोजित अभिमुखीकरण कार्यक्रमको अध्यक्षता नेफ्स्कूनकी सञ्चालक सदस्य विद्या कोइरालाले गर्नुभएको थियो । 

कार्यक्रममा संघको आबद्धता बाहिर रहेका विभिन्न ९ वटा बचत तथा ऋण सहकारी संस्थाबाट १७ जना साकोसका प्रतिनिधिहरु उपस्थित हुनुभएको थियो । 

अभिमुखीकरण कार्यक्रम सहजीकरण नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत एवम् सदस्य सेवा विभाग प्रमुख गणेश प्रसाद तिमल्सिनाले गर्नुभएको थियो भने कार्यक्रम व्यवस्थापन चितवन फिल्ड कार्यालयका इन्चार्ज रिषभ राज रेग्मीले गर्नुभएको थियो । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र