शनिबार, जेठ ५
१०:१२

नवलपरासीको त्रिवेणी महिला साकोस कर्ब्स कार्यक्रममा आबद्ध

बिहीबार, मंसीर २९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नं. ६ मा रहेको त्रिवेणी महिला बचत तथा ऋण सहकारी संस्था लि.कर्ब्स कार्यक्रममा आबद्ध भएको छ । कर्ब्स कार्यक्रम नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम हो । 

साकोसको कार्यालयमा मंसिर २७ गते आयोजित एक संक्षिप्त कार्यक्रमका बीच साकोसकी अध्यक्ष तारादेवी अधिकरी र नेफ्स्कूनको तर्फबाट अनुगमन अधिकृत मनोज खड्काले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।  

कार्यक्रममा साकोसकी उपाध्यक्ष निर्मला गैरे, कोषाध्यक्ष दिपा रायमाझि, सचिव जानकी काफ्ले, सदस्य सचिव अञ्जना गौतम, लेखा सुपरिवेक्षण समितिका संयोजक सरस्वति तिमिल्सीना भट्टराई, सञ्चालक सदस्यहरु, लेखा समिति सदस्यहरु र नेफ्स्कून भूमही सेवा केन्द्र इन्चार्ज नेत्र प्रसाद सापकाेटा लगायतको उपस्थिति रहेको थियो । 

मंसिर २६ गते २१औं बार्षिक साधारणसभा गरेको साकोसले नेफ्स्कूनद्वारा सञ्चालित जोखिममा आधारित साकोस सुपरिक्षेण कार्यक्रम कर्ब्समा आबद्धता जनाउने निर्णय प्रमाणित गरेको थियो । 
सहकारी ऐन, नियम तथा संस्थागत नीति, विधि पालना गर्दै प्रभावकारी सहकारी सञ्चालन र वित्तीय सुशासन स्थापित गर्न जोखिम सुपरिवेक्षण कार्यक्रम उपयोगी रहने विश्वास सहित कार्यक्रममा जोडिएको अध्यक्ष अधिकारीले बताउनुभयो ।  

२०५९ असार १८ गते दर्ता कायम भएको त्रिवेणी महिला साकोसमा हाल ५ सय ६५ जना शेयर सदस्य, करिब २०० बालबचत कर्ता र केही खुत्रुके बालबचत सदस्यहरु रहेका छन् । रु. ४३ लाख १९ हजार १०० शेयर पुँजी रहेको साकोसको कुल वासलात रु. ५ करोड ७४ लाख रहेको साकोसकी व्यवस्थापक रम्भासिंह ठकुरीले जानकारी गराउनुभयो । 
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र