शनिबार, जेठ ५
०९:०९

सिद्धार्थनगरमा टुगा आस्था विकासको नयाँ सदस्य सेवाकेन्द्र बिस्तार

बुधबार, मंसीर २८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं ।  टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लि. ओमसतिया–१ रुपन्देहीले सिद्धार्थनगर नगरपालिका–८ देवपथमा आफ्नो चौथो सदस्य सेवाकेन्द्र मार्फत वित्तीय कारोबार शुरु गरेको छ ।

कार्यालय समुद्घाटन गर्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इश्तियाक अहमद खाँले टुगा आस्था विकास साकोसले सदस्यहरुमा प्रवाह गरेको सेवा सुविधा प्रशंसनीय रहको बताउनुभयो । उहाँले टुगा आस्था विकास साकोस भोलिका दिनमा अझ धेरै सदस्य सेवामा केन्द्रीत हुँदै अगाडि बढ्न, नयाँ सेवाकेन्द्र मार्फत नगरबासिहरुलाई सेवा दिई व्यक्ति, नगर र राष्ट्रको विकासमा सहयोग गर्न सफल होस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । साथै सहकारी क्षेत्रमा कोही कसैले नियम मापदण्ड पिवरित कुनै काम गर्छ भने त्यसलाई आवश्यक कारवाही गर्ने विषयमा नगरपालिका पछि नहट्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । 

राष्ट्रिय सहकारी महासंघका सञ्चालक एवम् जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिम तुलाचनले रुपन्देहीको सहकारी अभियानले तिनै तहका सरोकारवाला नियमन निकायलाई सुझाव तथा टिप्पणी र आमसदस्यलाई सचेत भएर कारोबार गर्न बिभिन्न माध्यमबाट झक्झकाउने कार्य गरिरहेको बताउनु भयो ।

जिल्ला बचत संघका अध्यक्ष प्रकाश भट्टराइले टुगा आस्था विकास साकोसले सुरुवाती अवस्थादेखि सहकारीका नीति विधि र सिद्धान्त अवलम्बन गरि अगाडि बढेको विचार व्यक्त गर्नुभयो । 

कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका सहकारी शाखा प्रमुख कमलकान्त खनाल, पुर्व सहकारी निरीक्षक चन्द्रकान्त भट्टराई, लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश के.सी. लगायत सेयर सदस्यको तर्फबाट मनोरंजन शर्माले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यालय उद्घाटन लगतै साकोसका अध्यक्ष डी.बी. थापाद्वारा स्थानीय मदन थापाले सेवाकेन्द्रको पहिलो शेयर सदस्यता लिई सदस्यता वितरण सुरुवात गर्नुभएको थियो ।
  
कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष परसुराम बास्तोला र कार्यक्रम सञ्चालन सञ्चालक गोकुल पोख्रेलले गर्नुभएको थियो । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र