शनिबार, जेठ ५
०७:२१

डडेलधुरामा साकोसहरूका लागि सुरक्षित ऋण परिचालन तथा जोखिम व्यवस्थापन तालिम सञ्चालन

बुधबार, मंसीर २८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । सुदूरपश्चिमको डडेलधुरामा साकोसहरुका लागि सुरक्षित ऋण परिचालन तथा जोखिम व्यवस्थापन तालिम प्रदान गरिएको छ । मंसिर २६ र २७ गते दुई दिन आयोजित तालिममा प्रदेशका विभिन्न ६ जिल्लाका २७ बचत तथा ऋण सहकारी संस्थाबाट ३२ जनाको सहभागिता रहेको थियो । 

तालिम नेफ्स्कून डडेलधुरा फिल्ड व्यवस्थापन उप–समिति सदस्य तेजबहादुर ऐरको अध्यक्षता, अमरगढी नगरपालिकाका नगर उप–प्रमुख पार्वती देवी झुकालको प्रमुख आतिथ्यता र सहकारी म्यानेजर्स क्लब डडेलधुराका सचिव धिरेन भाटको आतिथ्यतामा सम्पन्न भएको थियो । 

तालिमको सहजीकरण नेफ्स्कूनका अनुगमन अधिकृत पवन जङ्ग मल्लले गर्नु भएको थियो । 

सहभागीको तर्फबाट बोल्दै सहकारी म्यानेजर्स क्लब डडेलधुराका सचिव धिरेन भाटले तालिमले सहभागीहरुको कार्यक्षमता विकास गर्नुका साथै सहकारीको सुरक्षित ऋण परिचालनमा अत्यन्त महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

तालिम समापन समारोहमा बोल्दै नगर उप–प्रमुख पार्वती देवी झुकालले तालिममा सिकेका कुराहरु आफ्नो सहकारीमा लागु गरि सदस्यको जीवनस्तर उकास्न अनुरोध गर्नु भयो  । 

तालिमको समापन गर्दै नेफ्स्कून फिल्ड व्यवस्थापन उप समिति सदस्य तेजबहादुर ऐरले नेफ्स्कूनले यस किसिमका तालिम निरन्तर सञ्चालन गर्ने, साकोसको क्षमता विकासमा सहयोग गर्ने र साकोस अभियानका समस्या समाधानका लागि निरन्तर समन्वयमा रहन अनुरोध गर्नु भयो । 

तालिमको आवश्यक समन्वय डडेलधुरा फिल्ड इन्चार्ज धर्मराज जोशीले गर्नु भएकोे थियो ।


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र