आईतबार, जेठ ६
१०:४४

ललितपुरमा साकोसहरुका लागि ऋणको कानुनी प्रकृया तालिम सञ्चालन

सोमबार, मंसीर २६
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । ललितपुरका विभिन्न बचत तथा ऋण सहकारी संस्थाहरुका लागि ऋणको कानुनी प्रक्रिया सम्बन्धी तालिम सञ्चालन गरिएको छ । नेफ्स्कून फिल्ड कार्यालय ललितपुरको आयोजनामा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, जावलाखेलमा सम्पन्न तालिममा जिल्लाका २६ वटा बचत तथा ऋण सहकारी संस्थाबाट १२ जना महिला र १६ जना पुरुष सहित २८ जनाको सहभागिता रहेको थियो । 

तालिममा ऋण लगानी गर्दा ध्यान दिनुपर्ने विषय, कागजात व्यवस्थापन साथै ऋण असुलीका सम्बन्धमा कानुनी प्रकृयाहरुका बारेमा छलफल भएको थियो । उक्त तालिम कार्यक्रमको सहजीकरण नेफ्स्कूनका कानुनी परामर्शदाता शिव कुमार अधिकारीले गर्नुभएको थियो । 

तालिम कार्यक्रमको उद्घाटन सत्रमा नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुले साकोस अभियानलाई मजबुद बनाउन नेफ्स्कून निरन्तर क्रियाशिल रहेको तर संस्थाहरुमा स्व–नियमन र सुशासनको पाटो कमजोर बन्दै जाँदा समस्याहरु देखापर्न थालेकोले सबै संस्थाहरु यो विषयमा संयमित बन्नुपर्ने बताउनुभयो । 

उहाँले संघले सबैं संस्थालाई स्तरीकरण कार्यक्रमका माध्ययमबाट मजबुद संस्था बनाउन  लागि परेको हुँदा कार्यक्रम नजोडिएका संस्थाहरु अनिवार्य रुपमा आवद्ध हुनुपर्नेमा समेत जोड दिनुभएको थियो । 

तालिम को संयोजन तथा कार्यक्रम सञ्चालन ललितपुर फिल्ड ईन्चार्ज दिनेश गौतमले गर्नु भएको थियो । तालिम अत्यन्तै उत्कृष्ठ, समय सापेक्ष र उपयोगी रहेको सहभागीहरुको धारणा रहेको थियो ।


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र