आईतबार, जेठ ६
१०:३३

लुम्बिनी साकोसको आयोजनामा बुटवलमा आधारभूत सहकारी शिक्षा तालिम सम्पन्न

सोमबार, मंसीर २६
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लि. बुटवल–४, रुपन्देहीको आधारभूत सहकारी शिक्षा तालिम शुक्रबार सम्पन्न भएको छ । साकोसको देवीनगर सेवा केन्द्रमा आवद्ध नयाँ शेयर सदस्यहरुलाई लक्षित गरी तालिमको आयोजना गरिएको थियो । 

तालिम कार्यक्रमको अध्यक्षता साकोसका सञ्चालक सदस्य सुजिता शेरचन र प्रमुख आतिथ्यता प्रशिक्षक बुटवल उपमहानगरपालिकाका सहकारी विभागका प्रमुख गुणाखर खनालले गर्नुभएको थियो । कार्यक्रममा शिक्षा उप–समितिका सह–संयोजक डा. बाबुराम ज्ञवाली पनि उपस्थित हुनुहुन्थ्यो ।
 
प्रशिक्षक खनालले “आधारभूत सहकारी शिक्षा” बिषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।  व्यवस्थापक विनोद प्रताप ज.ब.रा.ले साकोसको परिचय, बचत तथा ऋण योजनाहरु, व्याजदरहरु, साकोसले गरेका क्रियाकलापहरुको बारेमा जानकारी गराउनुभएको थियो भने संस्थाको लुम्बिनी स्मार्ट एप सम्बन्धी जानकारी वरिष्ठ सहायक सूर्य बहादुर गुरुङ्गले गराउनुभएको थियो । 

साकोसका शिक्षा उप–समितिका सह–संयोजक डा.ज्ञवालीले धन्यावाद ज्ञापन गर्नुभएको थियो । आधारभूत सहकारी शिक्षा तालिम कार्यक्रममा साकोसका नयाँ शेयर सदस्यहरुको सहभागिता रहेको थियो । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र