शुक्रबार, वैशाख १४
०७:३१

‘नेफ्स्कूनद्वारा सञ्चालित गुणस्तर सुनिश्चितताका कार्यक्रमहरु सहकारीमा सुशासन कायम गर्न अब्बल छन्’

शुक्रबार, मंसीर १६
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । कर्णाली प्रदेशको बीरेन्द्रनगर सुर्खेतमा नेफ्स्कूनको ३१ औं वार्षिक साधारणसभाको पूर्वसन्ध्यामा सरोकारवाला निकायहरुसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको छ । 

अन्तरक्रिया कार्यक्रम नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीको अध्यक्षमा सञ्चालन भएको थियो भने कार्यक्रमको आतिथ्यतामा नेफ्स्कूनका सञ्चालक सदस्य यज्ञ प्रसाद ढकाल, भूमि व्यवस्था तथा सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार खुम प्रसाद सुवेदी, नेफ्स्कून उद्यमशिल विकास केन्द्रीय उपसमिति सदस्य बीर बहादुर रावत, नेफ्स्कून सुर्खेत फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य बम बहादुर वि.सी., लक्ष्मी कुमारी उपाध्याय, जिल्ला सहकारी संघ, सुर्खेतका अध्यक्ष अमृत बहादुर वि.सी., जिल्ला बचत तथा ऋण सहकारी संघ लि., सुर्खेतका अध्यक्ष पदम बहादुर दाहाल, उपाध्यक्ष चुडामणी चपाई, विरेन्द्रनगर नगरपालिका सहकारी तथा गरिबी निवारण उपशाखाका प्रमुख निर्मला भण्डारी, भेरीगंगा न.पा.का सहकारी तथा गरिबी निवारण उपशाखाका प्रमुख चित्रा डाँगी र नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत राधेश्याम श्रेष्ठ रहुनु भएको थियो । 

अन्तरक्रिया कार्यक्रममा उपस्थित सरोकारवालाहरुलाई नेफ्स्कूनका सञ्चालन यज्ञप्रसाद ढकालले स्वागत मन्तव्य राख्नु भएको थियो । 

सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा कार्यक्रमको विषयवस्तु र नेफ्स्कूनको बारेमा प्रस्तुतीकरण सहायक कार्यकारी अधिकृत राधेश्याम श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन फिल्ड कार्यालय ईन्चार्ज चन्द्रदेव जोशीले गर्नु भएको थियो भने व्यवस्थापन फिल्ड कार्यालय सहायक मदन कुमार चन्दले गर्नु भएको थियो । 

सरोकारवाला निकायहरुसँगको अन्तरक्रिया कार्यक्रममा विभिन्न क्षेत्रवाट प्रतिनिधित्व गर्नुहुने प्रमुख व्यक्तिहरुले सहकारीका समसामयिक विषयमा विभिन्न किसिमका सुझाव सल्लाह राख्नु भएको थियो । 

वीरेन्द्रनगर नगरपालिका सहकारी तथा गरिबी निवारण उपशाखाका प्रमुख निर्मला भण्डारीले बीरेन्द्रनगर नगरपालिकामा सहकारी संख्याको आधारमा कर्मचारी एकदमै न्यून रहेकोले सहकारीको नियमन गर्न गाह्रो रहेको बताउनु भयो । अहिले वीरेन्द्रनगर नगरपालिकामा बचत तथा ऋण सहकारीको अवस्था राम्रो रहेको जानकारी गराउनु भयो । जुन सहकारीहरुले बचत संकलन गर्दा बचतको व्याजमा बार्गनिङ गरेर बढीमा संकलन गर्ने, लामो अवधिको बचत संकलन गर्ने जस्ता गैरकानुनी अभ्यासहरुले गर्दा सहकारी संस्थाहरुमा समस्या देखिएको बताउनु भयो । वीरेन्द्रनगर नगरपालिका अन्तरर्गत रहेका नेफ्स्कूनमा आवद्ध नभएका संस्थाहरुलाई नेफ्स्कूनमा आवद्धताका लागि सहजीकरण भई रहेको बताउनु भयो । वीरेन्द्रनगर नगरपालिकाको तर्फबाट हुने तालिम तथा शिक्षा कार्यक्रमका लागि नेफ्स्कूनसँग सहकार्य भई रहेको जानकारी उहाँले गराउनु भयो । 

भेरीगंगा नगरपालिका सहकारी तथा गरिबी निवारण उपशाखाका प्रमुख चित्र डाँगीले भेरीगंगा नगरपालिका अन्तर्गतका सहकारी संस्थाहरु पालिकामा सुचिकृत नभएकाले सुचिकृतका लागि पत्राचार भएको र स्थलगतरुपमा पनि अनुगमन भईरहेको जानकारी गराउनु भयो । कोपोमिसमा आवद्धताका पछिल्लो समयमा सहकारी विभागबाट आएको निर्देशन र करचुक्ताका लागि अनिवार्यरुपमा कोपोमिसमा आवद्धहुन पर्ने प्रावधान आएपछि अहिले सहकारीहरु स्थानिय तहमा मासिक प्रतिवेदन बुझाउने गरेको र सुचिकृत हुनका लागि आएको जानकारी गराउनु भयो । 
स्थानिय तहमा सहकारीहरुको यकिन तथ्यांक नभएको र संस्थाहरुले विवरण नवुझाएकोले तथ्यांकमा समस्या आएको जानकारी गराउनु भयो । व्यवस्थित रुपमा कार्यालय सञ्चालन नभएका, कुनै पनि भौतिक पूर्वाधार नभएका सामान्य स्तरका सहकारीहरु बढी मात्रामा रहेको बताउनु भयो । अन्तरक्रिया कार्यक्रममा विद्यमान सहकारी ऐन, नियमावलीमा भएका कमी कमजोरी र राम्रा विषयका बारेमा पनि छलफल भएको थियो । देश भरी कार्यक्षेत्र भएका विभिन्न प्रकृतिका सहकारीहरुले समस्या सिर्जना गरेको बारेमा पनि जानकारी गराउनु भयो । 

जिल्ला सहकारी संघका अध्यक्ष अमृतबहादुर वि.सी.ले राष्ट्रले बाह्य उत्पादनलाई आयात नगर्ने नीति लिनु पर्दछ, सहकारीका सदस्यले उत्पादन हुने बस्तु तथा सेवाहरुले अन्तराष्ट्रिय वस्तु तथा सेवाहरुसँग प्रतिस्पर्धा गर्नुपर्दा सहकारीले लगानी गरेको ऋणबाट उत्पादनमा योगदान पुर्याउन चुनौतीपूर्ण रहेको बताउनु भयो । 

नेफ्स्कून उद्यमशिलता विकास केन्द्रीय उपसमिति सदस्य बिर बहादुर रावतले नियमन निकायको क्षमता अभिबृद्धिमा जोड दिनुपर्ने बताउनु भयो । सहकारीहरुले पाउने अनुदानलाई पारदर्शी र प्रभावकारी वनाउनुपर्नेमा जोड दिनुभयो । 

सुर्खेत जिल्ला बचत संघका अध्यक्ष पदम दाहालले सहकारी संस्थामा सदस्यले सहकारीको अपनत्व महशुस गर्न नसकेको वा सदस्यहरुलाई सहकारी वुझाउन नसकिएको हो, त्यसमा दुविधा रहेको स्पष्ट पार्नुभयो । अभियान भित्रको रकम बैंक तथा वित्तीय संस्थाहरुमा जम्मा भइरहेकोछ, अभियानमा ऐक्यवद्धता देखिएन । कोरोनाको अवधिमा सरकारले दोहोरो अर्थलाग्ने निर्देशन जारी गरेको र संस्थाको गतिविधिको बारेमा सदस्यहरुलाई बुझाउन नसकेको पाइएको उहाँले व्यक्त गर्नुभयो । 

नेफ्स्कून सुर्खेत फिल्ड कार्यालय व्यवस्थापन उपसमितिका सदस्य बम बहादुर वि.सी. ले अनुदानको लागि स्थापित भएका सहकारी संस्थाहरुबाट विकृतिको शुरुवात भएको बताउनुभयो । पछिल्लो समय तहगत कानुनले केही असजिलो भएको उहाँको भनाई थियो । सहकारी ऐनको सन्दर्भमा अभियानले विधि बताउँता बताउँदै समेत केही वर्ष असजिला किसिमका ऐन बन्नाले, कर्णाली प्रदेशको सहकारी क्षेत्रको विकास पछाडि परेको वि.सी.ले बताउनुभयो । संघीय, प्रादेशिक र स्थानीय सरकारी कानुन बीचमा सामञ्जस्यता कायम हुन अपरिहार्य रहेको छ उहाँले भन्नुभयो, “यस विषयमा सहजीकरण गर्ने जिम्मेवारी अभियानले लिनु पर्दछ । सहकारी संस्थाहरुको संख्या घटाउन सहकारी संस्था एकीकरण कार्यविधि आयो, तर अत्यन्तै जटिल किसिमको कार्यविधि आयो, सहकारी संस्था एकीकरण चुनौतीपूर्ण भएको र ग्रामीण भेगमा रहेका संस्थाहरुमा सामान्य सञ्चालन सम्बन्धी, साधारणसभा गर्ने सम्बन्धी समेत ज्ञानको अभाव रहेको पाइएको छ ।”  

अन्तरक्रिया कार्यक्रममा विभिन्न सरोकारवाला निकायवालाहरुबाट उठेका विषयहरुलाई सम्बोधन गर्दै रजिष्ट्रार खुम प्रसाद सुवेदीले ऐनमा देखिएका दुविधाहरुलाई टुंग्याउने काम भएको छ । सहकारी नियमावलीको छलफल यस अघि पनि भएको रहेछ, अब ऐन संशोधन भइसकेको अवस्था भएकोले अभियानकर्मीहरु समेतको सहभागितामा नियमावली छलफल गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । उहाँले भन्नुभयो, सहकारीमा धेरै किसिमका समस्या देखिएका छन् । बचत तथा ऋणमा तुलनात्मक कम समस्या देखिएको छ । अन्य अनुदानको लागि स्थापित संस्थाहरुको हकमा धेरै समस्या देखिएको छ । सहकारी संस्थालाई उकास्नको लागि दिईएको अनुदान हो, सकारात्मक कार्यकै लागि अनुदान दिने गरिएको छ। जगेडाकोषमा राखिनुपर्दछ । गरिबीनिवारण कोष मार्फतको रकम लगानी गरिएका संस्थाहरुबाट लगानी गरिएको रकम अशुलीमा चुनौती देखिएको गुनासाहरु आउन थालेका छन् । नेतृत्व विकास र नेतृत्व हस्तान्तरण नहुने, नेतृत्वले आफ्नै सुविधाहरु बृद्धि गर्ने जस्ता विकृती समेत देखिएका छन् । प्रदेश सहकारी रजिष्ट्रारको हैसियतबाट गर्न सकिने पहलकदमीको लागि आफु तयार रहेको उहाँले बताउनुभयो । संघीय कानुनमा देखिएका दुविधाहरुको लागि केन्द्रीय स्तरबाट निरन्तर पैरवी आवश्यक रहेको बताउनु भयो । नेफ्स्कूनले अन्तर्राष्ट्रिय अभ्यासहरु भित्र्याएको छ, संघीय र प्रदेश स्तरमा ति अभ्यासहरुलाई अंगिकार गर्न संघले पुर्याएको योगदान प्रति विशेष धन्यवाद व्यक्त गर्नुभयो । 

अन्तरक्रिया कार्यक्रममा रजिष्ट्रार सुवेदीले नेफ्स्कूनले गरेका बचत तथा ऋण सहकारी संस्थाहरुका लागि सुशासन कायम गर्न ल्याइएका स्तरीकरण कार्यक्रम, तालिम शिक्षा र सफ्टवेयरको कार्यक्रम एकदमै सह्रानिय रहेको बताउनु भयो । त्यसका लागि रजिष्ट्रार कार्यालयको तर्फबाट हुने सहयोगका लागि आफु सधै तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो । 

नेफ्स्कूनका सञ्चालक यज्ञ प्रसाद ढकालले वित्तीय समावेशीता र पहुँच विस्तामा सहकारी मार्फत धेरै सम्भावना रहेको वताउनुभयो ।  उहाँले महिलाहरुको नेतृत्व विकासमा सामुदायिक बनले गरेजस्तै सहकारी अभियानले नेतृत्व विकास, महिला नेतृत्व विकास, उद्यम विकासमा समेत ठुलो योगदान पुर्याउँदै आएको जानकारी गराउनु भयो । 

नेफ्स्कूनका उपाध्यक्ष शान्ति अधिकारीले अन्तरक्रिया कार्यक्रममा उठेका महत्वपूर्ण विषयहरुबाट अत्यन्तै सकारात्मक सुझाव प्राप्त भएको र समस्या समाधानका उपायहरु समेत पृष्ठपोषण्का रुपमा आएकोले नेफ्स्कूनले अभियानको तर्फबाट केन्द्रीय स्तरबाट समन्वय गरी सहकारी अभियानको हितमा काम गर्न तयार रहेको जानकारी गराउनु भयो । संघीय सहकारी ऐनले कार्यक्षेत्रको सन्दर्भमा जनघनत्वको आधारमा सहकारीको आवश्यकता निर्धारण गरिने विषयलाई चितवनमा प्रभावकारी रुपमा लागु गरिएको छ, अन्यत्र समेत यस्तै किसिमको अभ्यास आवश्यक रहेको जानकारी गराउनु भयो । सेवा केन्द्र खोल्ने विषयलाई प्रभावकारी नियमन गर्नु आवश्यक देखिएको उपाध्यक्ष अधिकारीले बताउनु भयो । 
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र