शुक्रबार, वैशाख १४
१०:५९

नेफ्स्कून क्षेत्रीय कार्यालय नेपालगञ्जको आयोजनामा क्षमता अभिवृद्धि तालिम सम्पन्न

आईतबार, असोज १८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

नेपालगञ्ज । नेफ्स्कून क्षेत्रीय कार्यालय नेपालगञ्जको कार्यक्षेत्र भित्र संघको गुणस्तर सुनिश्चितता कार्यक्रममा आवद्ध बचत तथा ऋण सहकारी संस्थाको उच्च व्यवस्थापन र गुणस्तर सुनिश्चितता कार्यदल संयोजकको क्षमता अभिवृद्धिका लागि एक दिवसीय अभौतिक तालिम कार्यक्रम सम्पन्न भएको छ । हिजो बिहान ११ बजेदेखि ५ बजे सम्म सञ्चालित कार्यक्रममा गुणस्तर सुनिश्चितता कार्यक्रममा आबद्ध करिब ३० साकोसका व्यवस्थापक र कार्यदल संयोजक गरी ६० जनाको सहभागिता थियो ।  
कार्यक्रम मुख्यतः वित्तीय सहकारीको ऋण लगानी पोर्टफोलियो व्यवस्थापनमा केन्द्रित थियो । साकोसहरुले न्यूनतम ५ बर्ष अघिदेखिको विभिन्न ऋण लगानीका शिर्षकहरु (प्रकार) मा गरेको लगानी र उक्त लगानीबाट प्राप्त प्रतिफलदरको आधारमा हरेक ऋण शिर्षकको भार, औषत प्रतिफल दर, सम्बन्धित ऋण शीर्षकमा कायम जोखिम, समग्र ऋण लगानी पोर्टफोलियोको औषत प्रतिफल दर, पोर्टफोलियोमा कायम रहेको जोखिम गणना विधि र आगामी दिनमा विभिन्न ऋण शिर्षकहरुमा लगानी गर्दा ऋण लगानी पोर्टफोलियोमा जोखिम कम गरी कसरी अधिकतम प्रतिफल सुनिश्चित गर्न सकिन्छ भन्ने विषयमा अन्तरक्रिया तथा अभ्यासहरु गरिएको थियो । 
औपचारिक समापन कार्यक्रममा संघका महासचिब दामोदर अधिकारीले सहभागीहरुलाई धन्यवाद व्यक्त गर्दै ऋण लगानी पोर्टफोलियो व्यस्थापन तालिम प्राविधिक विषय भएकाले यसको अभ्यास साकोसको वित्तीय क्षमता अभिवृद्धिका लागि अपरिहार्य रहेको बताउनु भयो । नेफ्स्कूनका सञ्चालक माधव प्रसाद जोशीले उद्घाटन गर्नु भएको कार्यक्रमको सहजिकरण संघका वरिष्ठ अधिकृत दीपक प्रसाद ढुंगानाले गर्नुभएको थियो ।
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र