शनिबार, वैशाख १५
१०:१६

लैंगिक हिंसाविरुद्धको अभियान चलाउन दुई सहकारीलाई नगद सहयोग

बुधबार, मंसीर १४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

सहकारीखबर.कम
दाङ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानमा सचेतना जगाउन भन्दै राप्ती गाउँपालिका का अध्यक्ष प्रकाश विष्टले दुई वटा सहकारी संस्थालाई १५/१५ हजार रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ ।

अध्यक्ष विष्टले राप्ती–३, मसुरियास्थित भृकुटी महिला विकास सहकारी संस्था र राप्ती–८ पिपरीस्थित लक्ष्मी महिला विकास सहकारी संस्थालाई १५/१५ हजारको दरले ३० हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।

आफूले पाउने मंसिर महिनाको सेवा सुविधाबाट सहयोग गरेको बताउनुभयो ।

‘सभ्य समाजको पहिचानः लैंगिक हिंसा विरुद्धको अभियान’ भन्ने मूल नाराका साथ राप्ती गाउँपालिकाको सभाहलमा आयोजित लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको कार्यक्रममा अध्यक्ष विष्टले उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।

लैंगिक हिंसा अन्त्यका लागि परिवार तथा समाजमा सचेतना फैलाउन जरुरी रहेको भन्दै त्यसका लागि सहकारीको अहम् भूमिका रहनु पर्ने उहाँले बताउनुभयो । 
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र