शनिबार, वैशाख १५
०६:४८

आन्तरिक लेखा परिक्षण तालिम सम्पन्न 

सोमबार, कात्तिक २८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेफ्स्कून तालिम केन्द्रको आयोजनामा तालिम केन्द्र चावहिलमा कार्तिक २५ देखि २७ गतेसम्म सञ्चालित आन्तरिक लेखा परिक्षण तालिम आइतबार सम्पन्न भएको छ । 

सबल, सुरक्षित र सुशासित साकोस निर्माण गर्न तथा साकोसको आन्तरिक नियन्त्रण प्रणालीलाई चुस्त दुरुस्त बनाउने उद्देश्यसहित सञ्चालित तीन दिवसीय तालिमको समापन नेफ्स्कूनका लेखा सुपरिवेक्षण समितिका सदस्य सुशिल कुमार बस्न्यातले गर्नुभएको थियो ।  

तालिम समापनका अवसरमा बोल्दै नेफ्स्कूनका लेखा सुपरिवेक्षण समितिका सदस्य बस्न्यातले साकोसका लेखा सुपरिवेक्षण समितिका संयोजक, सदस्य र कर्मचारी दक्ष हुनुपर्ने, अझ तुलनात्मक रुपमा लेखामा कार्यरत कर्मचारीहरुमा कार्यगत दक्षता र निपूणता बढीनै आवश्यक पर्ने बताउनुभयो ।

साकोसको वित्तीय व्यवस्थापन प्रभावकारी बनाउन र संस्थागत शुसासन कायम गर्न लेखा सुपरिवेक्षण समितिको भूमिका महत्वपूर्ण रहने हुँदा साकोसमा कार्यरत कर्मचारीहरु पनि कार्यकुशलतामा दक्ष रहन निरन्तर तालिमको आवश्यकता बारे सदस्य बस्न्यातले चर्चा गर्नुभयो । लेखा सुपरिवेक्षण समिति सक्रिय भएको संस्थामा जोखिम कम हुनेमा उहाँले जोड दिनुभएको थियो ।  

तालिममा २२ वटा प्रारम्भिक संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक, सदस्य र कर्मचारी गरी २६ जनाको सहभागिता रहेको थियो । 

तालिमको सहजिकरण ललितपुर जिल्ला सहकारी संघका सचिव अनिरबीर बज्राचार्य र नेफ्स्कूनका तालिम अधिकृत रविन्द्र श्रेष्ठले गर्नु भएको थियो । 

तालिम पश्चात सहभागीहरुले तालिम अत्यन्त उपयोगी र कार्यान्वयन तहमा प्रभावकारी रहने विश्वास व्यक्त गर्नुभएको थियो । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र