शुक्रबार, वैशाख १४
०८:४०

नवनिर्वाचित सञ्चालक समितिका लागि ज्योतिपुञ्ज साकोसले सुरु गर्यो क्षमता विकास तालिम

शुक्रबार, कात्तिक १८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्था लि.काठमाडौंले नवनिर्वाचित सञ्चालक समितिका लागि क्षमता विकास आधारभूत तालिम आजबाट सुरु गरेको छ । तालिममा सञ्चालक समितिका पदाधिकारी, सञ्चालक सदस्यहरु, लेखा सुपरिवेक्षण समिति र व्यवस्थापन गरी १५ जनाको सहभागिता रहको छ । 

तालिम उद्घाटन समारोहका प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले ज्योतिपुञ्ज साकोसको नवनिर्वाचित टिम हरेक विषयमा सक्षम र सशक्त बन्न नेफ्स्कूनबाट प्रदान गरिने तालिम उपयोगी बन्ने बताउँदै तालिम सफलता सँगै नवनिर्वाचित टिमलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । उहाँले सहकारीका समसामयिक समस्या समाधान गर्न र विद्यमान चुनौतिहरुको सामना गर्न समेत तालिम मार्फत सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

साकोसका प्रमुख कार्यकारी अधिकृत नवराज कार्कीले स्वागत मन्तव्य र लेखा अधिकृत शुरेस कुमार श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । 

नेफ्स्कूनको प्राविधिक सहजीकरणमा सञ्चालित दुई दिवसीय तालिमको सहजकर्ता संघका तालिम अधिकृत उमेश कोइराला हुनुहुन्छ ।   


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र