शुक्रबार, वैशाख २१
०५:१७

सुदूरपश्चिमको श्री एकता प्रगतिशिलले थालेको प्रगतियात्रा 

मंगलबार, कात्तिक १५
राधा पौडेल
saccosaawaj

सुदुरपश्चिम प्रदेशको कैलाली भौगोलिक विकटताका बाबजूद पर्यटन, जलश्रोत, वनजङ्गल, जडिबुटी, बन्यजन्तु लगायत प्राकृतिक सम्पदाले धनी समथर भूभाग तथा पहाड मिश्रित जिल्ला हो । सुदुरपश्चिम खाद्यान्न उत्पादनमा पूर्ण आत्मनिर्भर बन्न नसकेपनि जिल्लाका उत्पादन जस्तै फलफूल, तरकारी, भट्मास, घ्यू, मह निर्यात हुँदै आइरहेका छन् । पछिल्लो समय सडक सञ्जालको विस्तार, जिल्लाबासीहरुमा शिक्षा र चेतनास्तर बृद्धिका कारण साक्षरता दर, औषत आयु र प्रति व्यक्ति आय जस्ता सूचकहरुमा उकालोलाग्दो स्थितिमा छ । पाँच नगरपालिका र एउटा उपमहानगरपालिका रहेको उक्त जिल्लाको सदरमुकाम धनगढी हो । टीकापुरमा अवस्थित ‘टीकापुर बृहत उद्यान’ नेपालकै सबैभन्दा ठूलो मानव निर्मित उद्यान हो । कैलाली जिल्लामै रहेको ‘घोडाघोडी ताल’ लाई पनि विश्व सम्पदा सूचीको संरक्षित सिमसार क्षेत्रमा राखिएको छ । कैलाली जिल्ला पर्यटनको हिसाबले पनि प्रचुर सम्भावना बोकेको जिल्ला हो भने यसलाई सहकारी मार्फत जोडेर सहकारी पर्यटन प्रवर्द्धन गर्न सकिने सम्भावन पनि उच्च रहेको छ । 

अन्य क्षेत्रसँगै जिल्लामा बचतको महत्व सिकाउन, व्यवसायका लागि पुँजी अभावको समस्यामा सहयोग गर्न, समुदायका सदस्यबीच सुखदुःखमा सहकार्यको भावना विकसित गराउन समुदायमा सहकारी संघ संस्थाहरु लागिपरेका छन् । यस्तैमध्येको एक हो श्री एकता प्रगतिशिल बचत तथा ऋण सहकारी संस्था लि.। सहकारी समर्पणको उत्कट अभिलाषा बोकेका युवाहरुले जिल्लाबासीहरुको दुःखसुखमा साथ दिने उद्देश्यले स्थापित श्री एकता प्रगतिशिल सदस्यहरुको सुख दुःखको सारथी बनेको छ । 

स्थापना

कैलालीको गोदावरी नगरपालिका वडा नं. ८ जमुनानगरमा अवस्थित श्री एकता प्रगतिशिल बचत तथा ऋण सहकारी संस्था लि. .२०६६ साल फागुन १२ गते स्थापना भयो । स्थानीय ३१ जना महिला र १० जना पुरुष सहित ४१ जनाको सानो बचत सहभागितामा १ लाख ४७ हजार रुपैंया संकलन भयो, उक्त बचत परिचालनका लागि कानुनी प्रक्रिया बमोजिम २०६७ साल असोज २६ गते विधिवत दर्ता भयो । साकोसकी संस्थापक अध्यक्ष राधा देवी ओली स्मरण गर्नुहुन्छ, “२०६६ सालमा सहकारी स्थापना गर्ने भनी छलफलमा बस्दा गर्ने की नगर्ने भनी सबैजना द्विविधामा थियौं । सवैमा सहकारी बारे ज्ञान थिएन । कसरी काम गर्ने भन्ने अन्यौलता थियो । गर्दै जाँदा सिकिँदो रहेछ । आज सहकारीमार्फत धेरै सदस्यहरुको जीवनस्तरमा सकारात्मक परिवर्तन भएका छन् । सहकारीले राम्रो गर्दै गएको छ, त्यसमा सम्पूर्ण सदस्यहरुको साथ सहयोग प्राप्त भएको छ । ” अहिले सहकारी आफ्नै हो र यसमा ढुंकका साथ वित्तीय कारोबार गर्न सकिन्छ भन्ने विश्वास सदस्यहरुमा जागृत भएको छ । सहकारी संस्थाद्वारा प्रदान गरिने सहकारी शिक्षा शिविरहरुमा सदस्यहरुको उपस्थिति बाक्लो बन्दै गएको छ । हिजोका दिनमा घरघरमा गएर सम्झाउँदा पनि सदस्य बन्न तयार नहुने सदस्यहरु आज सहकारी संस्था खोजी खोजी सदस्यता लिने क्रम बढेको छ । 

वित्तीय अवस्था

शुरु सुरुमा ५ रुपैया बचत गर्न धौ धौ पर्ने सदस्यहरु हाल आएर २००, ३००, ५०० मासिक बचत गर्न सक्षम भएका छन् । ऐच्छिक तथा बाल बचत गर्ने संख्या क्रमिक रुपमा बृद्धि भैरहेको छ । मासिक नियमित बचत ५०.१३ प्रतिशत रहेको छ । सदस्यहरुलाई वित्तीय सेवा अन्र्तगत बाल बचत, ऐच्छिक बचत, जेष्ठ नागरिक बचत, नियमित मासिक बचत, विप्रेषण सेवा तथा कृषि, व्यापार, वैदेशिक रोजगार लगायत क्षेत्रमा रु १० हजार ऋण लगानी शुरु गरेकोमा हाल रु १० लाख सम्म ऋण प्रवाह गरिरहेको छ । सदस्यहरुको आर्थिक अवस्था उजागर गर्नका लागि विपन्न वर्ग उद्यम ऋण, लघु उद्यम ऋणको व्यवस्था गरि विपन्न वर्गका सदस्यहरुलाई उद्यमशिल बन्नका लागि प्रोत्साहन गर्दै आएको छ । घरमै गएर वित्तीय सेवा प्रदान गर्दै आएको छ । 

हिजोका दिनमा सहकारीमा कारोबार गर्न संकोच मान्ने सदस्यहरुले सहकारीको बारेमा राम्रो शिक्षा प्राप्त गरेका छन् । 

साकोस सञ्चालनमा हाल ७ महिला र ५ पुरुष कर्मचारी कार्यरत छन्  । केन्द्रीय कार्यालय र सो अन्तर्गत एक सेवा केन्द्र सञ्चालनमा रहेको छ  । कृषि, व्यापार, वैदेशिक रोजगार, उच्च तथा प्राविधिक शिक्षा लगायतका क्षेत्रमा कर्जा लगानीलाई विशेष प्राथमिकता दिइएको छ । त्यसैगरी सहकारीले बचत सेवा तर्फ बाल बचत, नियमित बचत, ऐच्छिक बचत, जेष्ठ नागरिक बचत, शेयर सदय सुरक्षा बचत सञ्चालन गरिरहेको छ भने ऋण सेवा, विप्रेषण सेवा, तालिम तथा शिक्षाका कार्यक्रमलाई पनि निरन्तरता दिँदै आएको छ । 

सञ्चालक समिति र व्यवस्थापनबीच सुमधुर सम्बन्ध रहेको छ । सदस्यता बृद्धिदर उकालो लाग्दो छ, समुदायमा साकोसको छवि उच्च छ । एक आपसमा सुमधुर सम्बन्ध विकास भएको छ । सदस्यता बृद्धि साकोसको सकारात्मक पक्ष हो भने यसले समुदायमा पनि बचत शिक्षाको ज्ञान विस्तार गर्दै बर्तमान पुस्ताबाट भावी पुस्तासम्मलाई आर्थिक सशक्तिकरणको बाटो पहिल्याउन सहयोग पुर्याएको छ । 

सदस्यता वृद्धिसँगै सदस्यहरुको आर्थिक सशक्तिकरणको क्षेत्रमा सहकारीमार्फत भएका कामहरु समुदायमा प्रशंसनीय बनेका छन् । सदस्यहरुमा बचत गर्ने बानीको विकास भएको छ । बैकिंङ कारोवारमा महिला सहभागितामा वृद्घि भएको छ, व्यावसायिक आर्थिक लगानी मार्फत स्वरोजगार सृजना भएको छ ।  

साकोसका अध्यक्ष सुरत बहादुर बोगटी भन्नुहुन्छ, “विपन्न वर्गबाट ५/१० रुपैंयादेखि बचतको सुरुवात गरेर अगाडि बढेको साकोस आज ८ करोड ४५ लाखको पुँजी परिचालन गर्न सफल भएको छ । साकोसले आफ्नै सुविधासम्पन्न भवनबाट सेवा प्रवाह गर्न सफल भएको छ । साकोस गत असार १८ गते (जुलाई महिनाको पहिलो शनिबार) अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा राष्ट्रिय सहकारी महासंघबाट प्रदेश स्तरीय उत्कृष्ठ व्यवसाय पुरस्कार (आ.व.२०७८/०७९) बाट समेत पुरस्कृत भएको थियो । सुदूरपश्चिम प्रदेशमा रहेर जिल्लाका सदस्यहरुमाझ सहज वित्तीय उपलब्धता सहित व्यवसाय विकास र उद्यमशिलता अभिवृद्धिमा पु¥याएको योगदान स्वरुप सुदूरपश्चिम स्तरीय उत्कृष्ठ व्यवसाय पुरस्कारले श्री एकता प्रगतिशिल साकोसको छवि झनै चुलिएको छ । 

नेफ्स्कूनद्वारा सञ्चालित जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम (कर्ब्स) आबद्धता सँगै साकोसमा निती निर्माणमा सहज भएको छ । अनुभव तथा सिकाई आदान प्रदानमा सहयोग पुगेको छ भने पल्र्स अनुगमन तथा प्रतिवेदन बनाउन सहज भएको छ । आगामी दिनमा संस्थामा पर्न जाने जोखिम न्यूनिकरण, साकोसको स्थायित्व तथा नीती निर्माणमा सहयोग पुग्ने उद्देश्यसहित बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोषमा पनि साकोसको आवद्धता रहेको छ । 

साकोसका सेवाहरु 

  • ऋण लगानी तथा असुलीमा सहजता 
  • सदस्य तथा बचत बृद्धिमा सहयोग
  • बचत गर्ने बानीको विकास (बाल बचत, नियमित मासिक बचत, ऐच्छिक बचत, जेष्ठ नागरिक बचत)
  • लघुवित्त समुहद्वारा बचत तथा ऋण परिचालन
  • लघु तथा विपन्न उद्यम कर्जा प्रवाह
  • वित्तिय कक्षा सञ्चालन

तालिम तथा शिक्षा

  • सञ्चाकहरुको क्षमता अभिवृद्धि तालिम
  • ऋण व्यवस्थापन तालिम
  • संस्थागत विकास तालिम
  • कर्मचारी क्षमता अभिवृद्धि तालिम
  • रणनैतिक व्यवसायिक योजना निर्माण तालिम
  • पल्र्स अनुगमन सम्बन्धी अभिमुखीकरण
  • एकीकृत सूचना प्रणाली सम्बन्धी तालिम
  • सहकारी शिक्षा
  • अध्ययन अवलोकन भ्रमण

संस्थाको आगामी योजना

विपन्न वर्गलाई मध्यनजर गरि संस्थाको आन्तरिक कोषबाट २० जना लाई विपन्न उद्यम कर्जाको व्यवस्था
यूवा स्वरोजगार कोष तथा ग्रामिण स्वावलम्बन कोष सँग समन्वय गरि लघु उद्यम कर्जाको व्यवस्था
वित्तीय साक्षरता तथा सहकारी शिक्षा तालिम सञ्चालन
शेयर सदस्यलाई सम्बन्धित निकाय सँग समन्वय तथा सम्बन्ध विस्तार 
आवश्यकता अनुसार निती निर्माण गरि लागु गर्ने गरिएको ।
समयमै साधारण सभा सञ्चालन गर्ने गरेको ।

संस्थाको भावी रणनीतिक योजना 

  • ४ हजार शेयर सदस्य पुर्याउने
  • शेयर पुँजी वृद्धि गरि २ करोड पुर्याउने
  • संस्थागत पँुजी ५ प्रतिशत कायम गर्ने
  • आधुनिक भौतिक पुर्वाधार तयार गर्ने 
  • दक्ष मानव संशाधन दरबन्दी व्यवस्था गर्ने 
  • हरेक वर्ष १० ओटा सामुदायिक कार्यक्रम सञ्चालन गर्ने 
  • भाखा नाघेको ऋणलाई ० मा झार्ने
  • लघुवित्त समुह ३५० पुर्याउने
  • संस्थामा कम्तिमा पनि १२ वटा नीती निर्माण र विकास गर्ने 
  • बाह्य ऋण ५ प्रतिशत भन्दा कमी गर्ने
  • आवासिय तथा सहभागितात्मक तालिम सञ्चालन गर्ने 

संस्थाले प्राप्त गरेका सम्मान तथा पुरस्काहरू

  • राष्ट्रिय सहकारी महासंघद्वारा उत्कृष्ट सहकारी व्यवसाय २०७८ बाट पुरुष्कृत ।
  • सि.वि.ओ. विकास केन्द्र कैलालीबाट २०७५ सम्मान ।
  • जिल्ला सहकारी संघ कैलालीबाट प्रसंसा पत्र प्राप्त ।

     आबद्धता 

  • नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून)
  • जिल्ला सहकारी संघ
  • प्रदेश बचत संघ
  • राष्ट्रिय सहकारी वैंक

सामाजिक कार्यक्रम

१. वार्षिक साधारणसभामा प्रत्येक सदस्यलाई १५ किलो आयोडिन नून वितरण ।
२) गरीब तथा जेहन्दार विद्यार्थीलाई छात्रवृद्धि प्रदान ।
३) मृत शेयर सदस्यका परिवारलाई क्रिया खर्च वितरण ।
४) सामुदायिक कार्यक्रम (सरसफाई, वृक्षारोपण, विद्यालयमा अतिरिक्त क्रियाकलाप ) सञ्चालन

(साकोस आवाज त्रैमासिक प्रकाशन २०७९, असार अंकमा प्रकाशित)

 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र