शुक्रबार, वैशाख २१
१२:०९

सदस्य सक्षमता विकास तालिम–सहजकर्ता अभिमुखीकरण आजबाट भक्तपुरमा सुरु

सोमबार, कात्तिक १४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

भक्तपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को आयोजनामा आजबाट सदस्य सक्षमता विकास तालिम–सहजकर्ता अभिमुखिकरण भक्तपुरमा सुरु भएको छ । संघका अध्यक्ष परितोष पौड्यालको अध्यक्षतामा सुरु अभिमुखीकरणको उद्घाटन सहकारी विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायले गर्नुभएको थियो । 

संघका महासचिव दामोदर अधिकारीले कार्यक्रमको औचित्यता सहित स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । उहाँले चालु आ.व.मा करिव १ हजार संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति माझ कार्यक्रम सहजीकरण गरिने जानकारी गराउनुभयो । सदस्य संस्थामा साक्षरता अभिवृद्धि साथै सिकाइ, बुझाइमा एकरुपता ल्याउन कार्यक्रम आयोजना गरिएको र यस तालिमबाट अभियानमाझ आवश्यक सहजकर्ता तयारीका लागि निशुल्क तालिम सेवा प्रदान गरिएको उल्लेख गर्नुभयो । 

सभाध्यक्ष नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले हालको बजारमा आएको तरलता संकटको अवस्था साथै कोभिड प्रभावबाट सदस्य, संस्था र समुदायमा परेको प्रभावबारे चर्चा गर्नुभयो । उहाँले साकोस अभियानमा अब स्मार्ट टेक्नोलोजी र समावेशिकरणलाई मुल मुद्दाको रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । 

अध्यक्ष पौड्यालले समसामयिक राष्ट्रिय परिस्थितिको आंकलन गर्दै अबको साकोस अभियानको गन्तव्य जागरण, सशक्तिकरण र व्यावसायिकरणको माध्यमबाट प्रत्येक सदस्यलाई आय र धन सृजनामा जोड्दै उद्यमशीलताको अभियानमार्फत अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “अबको युग डिजिटाइजेसनको युग हो, आजसम्म हामी एकाउन्टीङ सफ्ट्वयरमा मात्र सीमित छौं, अवको साकोस अभियान भनेको प्रविधिमार्फत सम्पूर्ण वित्तीय समाधान सहितको अभियान बन्नुपर्छ ।” 

कार्यक्रममा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल, देशभरका विभिन्न बचत तथा ऋण सहकारी संस्था र जिल्ला बचत संघका प्रतिनिधिहरु सहित २५ जनाको सहभागिता रहेको छ । तालिम भोलि समापन हुनेछ । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र