शुक्रबार, वैशाख २१
०३:०६

रोङ गाउँपालिका र नेफ्स्कूनबीच आधारशिला कार्यक्रम कार्यान्वयन सम्झौता

सोमबार, कात्तिक १४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

इलाम । प्रदेश नं. १, इलामको रोङ गाउँपालिकासँग नेफ्स्कून र स्थानीय निकाय बीचको संयुक्त साझेदारीमा सञ्चालन हुने ‘आधारशिला’ कार्यक्रम कार्यान्वयन सम्झौता भएको छ । कार्यक्रमको कार्यान्वयन सम्झौता सँगै अब गाउँपालिका भित्र सञ्चालित  सहकारीहरुको जागरण तथा विकासको चरण सुरु भएको छ । 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले स्थानीय तहको मातहतमा रहेका, ग्रामिण र दुर्गम क्षेत्रमा सञ्चालित सबै प्रकृतिका सहकारीहरुलाई लक्षित गरी सुरु गरेको आधारशिला कार्यक्रम अन्तर्गत गाउँपालिकासँग कार्यक्रम कार्यान्वयन सम्झौता भएको हो । 

गाउँपालिकाको कार्यालयमा कात्तिक ६ गते आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मनि कुमार स्याङ्बो र नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । त्यसैगरी कार्यक्रममा गाउँपालिकाका ना.सु. नारायण अर्याल, नेफ्स्कूनका बरिष्ठ अधिकृत नविन राज दाहाल, अधिकृत मुकेश दाहाल लगायत गाउँपालिकाका कर्मचारीहरुको उपस्थिति थियो । 

आधारिशला कार्यक्रम स्थानीय निकायहरुसँगको समन्वय र सहकार्यमा सबै प्रकृतिका सहकारीहरुको सशक्तिकरण गर्ने नेफ्स्कूनको नयाँ कार्यक्रम हो । सम्झौतामा हस्ताक्षर भएको मितिदेखि शुरु हुने उक्त कार्यक्रम तीन बर्षसम्म लागु हुन्छ । सो अवधिभित्र स्थानीय क्षेत्रका सहकारीहरुको जागरण, विकास, प्रवर्धन र सञ्जालीकरणका को काम दुवै पक्षको सहकार्यमा अगाडि बढ्छ । 
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र