शुक्रबार, वैशाख २१
११:१७

जनउत्थान साकोसको १७औं बार्षिक साधारणसभा सम्पन्न, सदस्यलाई १६ प्रतिशत लाभांश प्रस्ताव पारित

आईतबार, कात्तिक ६
साकोसआवाज प्रतिनिधि
saccosaawaj

रुपन्देही । जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड, रुपन्देहीको १७ औं साधारणसभा शनिबार कोटिहवामा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष ज्ञानु पौड्यालको अध्यक्षता तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ३८ हजार शेयर सदस्यको प्रतिनिधित्व गर्दै १८० जना सदस्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अध्यक्ष ज्ञानु पौड्यालले संस्थाको प्रगति र आगामी योजनाको बारेमा जानकारी दिदै अहिले केही सहकारीहरुले शेयर सदस्यहरुको बचत फिर्ता नगर्ने जस्ता समाचारहरु सार्वजनिक भइरहँदा सहकारीहरुलाई गरिने विश्वास चुनौतिको विषय भएको बताउनुभयो । उहाँले सहकारीमा विश्वाससहित बचत गर्न र सहज रुपमा ऋण लगानी गर्न जनउत्थान प्रतिबद्ध रहेको बताउनुभयो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले महिलाले नेतृत्व गरेको सहकारीले देशमै ठलो नाम कमाएको र महिलाको जीवनस्तर सुधार्न ठूलो योगदान गरेकोप्रति खुसी व्यक्त गर्नुभयो । उहाँले महिला हरेक क्षेत्रमा जागरुक हुँदै अगाडि बढ्नुपर्ने बताउनुभयो ।

त्यस्तै तिलोत्तमा नगरपालिका उपप्रमुख जगेश्वरदेवी चौधरीले यस क्षेत्रको पहिचान बनाउने गरी कार्य गरेको जनउत्थानले सबै बर्गको लागि सारथी बनेर अगाडी बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, सिद्धार्थ नगरपालिकाका पूर्व नगरप्रमख हरि प्रसाद अधिकारी  लगायतले सहकारीले समाजमा गरेका राम्रा कामहरुको प्रशंसा गर्नुभयो । 

साधारण सभामा लुम्बिनी खबर पत्रिकाका सम्पादक कमल रायमाझीलाई यस वर्षको जनउत्थान पत्रकारिता पुरस्कार–२०७९ प्रदान गरिएको छ ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र