शुक्रबार, वैशाख २१
०५:४७

जीवनदीप साकोसको १३औं बार्षिक साधारणसभा सम्पन्न 

आईतबार, कात्तिक ६
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । जीवनदीप बचत तथा ऋण सहकारी संस्था लि. इन्द्रचोक– काठमाडौंको १३औं वार्षिक साधारणसभा कात्तिक ४ गते, शुक्रबार सम्पन्न भएको छ । साकोसका अध्यक्ष छत्र बहादुर बस्नेतको अध्यक्षतामा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो । सभामा काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष ज्ञानबहादुर तामाङ, स्थानीय सहकारीका प्रतिनिधिहरु लगायत नागरिक अगुवाहरु सहित शेयर सदस्यहरुको सहभागिता रहेको थियो । 

प्रमुख अतिथि पौड्यालले सभालाई सम्बोधन गर्दै सहकारीका समसामयिक सबालहरु, त्यसमा नेफ्स्कूनले खेलेको भूमिका र सुशासित सहकारी सञ्चालनका मार्गदर्शनहरु बारे प्रष्ट्याउनुभएको थियो । उहाँले बचत तथा ऋण सहकारी अभियानको सुदृढीकरणका लागि नेफ्स्कूनले अगाडि सारेका कार्यक्रमसँग आवद्ध रहन र प्रविधि विकासलाई अवलम्बन गर्न जोड दिनुभएको थियो । 

साधारणसभामा बार्षिक प्रगति प्रतिवेदन साकोसका सचिव चुन बहादुर आले मगरले प्रस्तुत गर्नुभएको थियो । साकोसमा हाल १ हजार १ सय २७ जना शेयर सदस्य र अन्य बचत सदस्य तथा बाल सदस्यहरु रहेको प्रस्तुतीका क्रममा जानकारी गराइएको थियो । कुल २ अर्ब ५४ करोड ६१ लाख रुपैंया भन्दा बढीको कारोबार गरेको साकोसले १ अर्ब ७२ करोड बचत संकलन र करिब १ अर्ब ८३ करोड ऋण लगानी गरेको छ भने गत बर्ष १ करोड ५९ लाख नाफा आर्जन गर्न सफल भएको छ । 

साधारणसभामा जेष्ठ नागरिक शेयर सदस्य २ जना, उत्कृष्ट बचतकर्ता २ जना, उत्कृष्ट ऋणी १ जना,  आवधिक बचतकर्ता १ जना र उत्कृष्ट कर्मचारी ३ जनालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र