शुक्रबार, वैशाख २१
०२:५५

होस्टेहैंसे साकोसको आयोजनामा सदस्य सक्षमता तालिम सञ्चालन

आईतबार, कात्तिक ६
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । कलंकी स्यूचाटारस्थित होस्टेहैंसे बचत तथा ऋण सहकारी संस्था लि.को सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितका पदाधिकारी तथा सदस्यहरुलाई सक्षमता तालिम प्रदान गरिएको छ । नेफ्स्कूनको प्राविधिक सहयोगमा कात्तिक ४ र ५ गते सञ्चालित तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत द्वय सुमनराज घिमिरे र उमेश कोइरालाले गर्नुभएको थियो । 

साकोसका अध्यक्ष मनराज बुढाथोकीको अध्यक्षता रहेको तालिममा नेफ्स्कूनका कोषाध्यक्ष एवम् होस्टेहैंसे साकोका निवर्तमान अध्यक्ष दीपक पनेरुको प्रमुख आतिथ्यता रहको थियो । 

साकोसको गत आश्विन २९ गते सम्पन्न वार्षिक साधारणसभाबाट मनराज बुढाथोकीको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्वाचित भएको थियो । नवनिर्वाचित सञ्चालक समिति र लेखासुपरिवेक्षण समितिलाई लक्षित गरी सक्षमता विकास तालिम सञ्चालन गरिएको साकोसले जनाएको छ । 

नवनिर्वाचित सञ्चालक समिति

साकोसको नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्ष लव कुमार के.सी., सचिव रमेश दवाडी, कोषाध्यक्ष इश्वरी दंगाल पनेरु, लेखा सुपरिवेक्षण समिति संयोजक कृष्ण ढुंगेल, सञ्चालक समिति सदस्यहरु क्रमश दिपक बुढाथोकी, उर्मिला थापा, दाताराम पनेरु, हरिकृष्ण भण्डारी, मधुसुदन खनाल र लेखा सुपरिवेक्षण समिति सदस्यहरुमा इन्दिरा गौतम र रञ्जु भट्ट मैनाली सदस्यमा निर्वाचित हुनुभएको थियो । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र