शुक्रबार, वैशाख २१
०८:४४

सिन्धुलीमा सहकारी एकीकरण सम्बन्धि गोष्ठी सम्पन्न 

शनिबार, कात्तिक ५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

श्याम बुढाथोकी 
सिन्धुली । सिन्धुलीमा सहकारी एकीकरण सम्बन्धि गोष्ठी कात्तिक ४ गते, शुक्रबार सम्पन्न भएको छ । सिन्धुली बचत तथा ऋण सहकारी संघ र कमलामाई नगरपालिकाको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । यसका लागि प्राविधिक सहयोग नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले गरेको थियो । 

संघकी अध्यक्ष बालकुमारी श्रेष्ठको अध्यक्षता तथा नगरपालिकाका प्रशासकीय अधिकृत विशकसेन ढकालको प्रमुख आतिथ्यतामा सञ्चालन भएको कार्यक्रममा सहकारी एकीकरण गर्नका लागि आवश्यक पर्ने कानूनी, सैद्धान्तिक र व्यवहारीक प्रक्रियाका बारेमा जानकारी गराईको थियो । 

नेफ्स्कूनका कार्यक्रम अधिकृत श्यामराजा तिमल्सिनाको सञ्चालन तथा सहायक कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकालले सहजिकरण गर्नुभएकोे कार्यक्रममा कमलामाई नगरपालिका सहकारी समन्वय शाखाकी प्रमुख इन्दिरा कुमारी थापा, मिलिजुली साकोस, सरल साकोस, सिन्धुली एकता साकोस, राष्ट्र सेवक साकोस, ॐ साकोस र पुर्व कर्मचारी साकोसका संचालक, व्यवस्थापक गरी २५ जनाको सहभागिता थियो । 

गोष्ठीका सहभागीहरुले सहकारी संस्थाहरुलाई सबल, सक्षम, दिगो, प्रविधिमैत्री बनाउन र सदस्यहरुलाई गुणस्तरीय सेवा दिनको लागि सहकारी एकीकरण गर्नुपर्ने आवश्यकता महसुस भएको बताउनुभयो ।

 

नेफ्स्कून र कमलामाई नगरपालिकाबीच आधारशिलाको तेस्रो चरणको कार्यक्रम पनि शुक्रबार सम्झौता भएको छ । यस कार्यक्रमले कमलामाई नपाभित्र रहेका सहकारीहरुको जागरण, प्रर्वधन, विकास र सञ्जालीकरणको अभ्यास मार्फत वित्तीय पहूँच अभिवृद्धि, सहकारी शिक्षा, विषयगत अभ्यासको विकास, दिगो संस्थागत विकास र उद्यमशिल सदस्यहरु प्रर्वधनका लागि काम गर्ने छ ।

यस कार्यक्रम अन्र्तगत स्थानीय तहलाई सहकारी ऐन तथा नियमावली र कार्यविधि बनाउन कानूनी सहसजिकरण गर्ने, सहकारी संस्थालाई विनियम संसोधन तथा कार्यविधि निर्माणको लागि सहजिकरण, स्थानीय तहबाट स्विकृत सहकारी नियमावली र कार्यविधिहरुको विषयमा वडा अध्यक्ष लगायत अभियानकर्मीहरुमा जानकारी, अभिमुखिकण, सहकारी संस्थाहरुलाई उद्देश्य अनुरुप व्यवसायिक योजना तयारीमा प्राविधिक सहजिकरण र संस्थाको अभिलेखिकरण र अनुगमनमा पनि सहयोग पुर्याउने लक्ष्य रहेको छ । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र