शुक्रबार, वैशाख २१
०८:२८

मकवानपुरको महिला अभियान साकोसका सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम (सियुडिसिसि) सम्पन्न

शुक्रबार, कात्तिक ४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

मकवानपुर । भिमफेदी गाउँपालिका ४ निवुवाटार स्थित महिला अभियान बचत तथा ऋण सहकारी संस्था लि.ले सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम (सियुडिसिसि) सम्पन्न गरेको छ । 

२०७९ आश्विन ३१ देखि कार्तिक ०३ गतेसम्म मकवानपुरको थाहा नगरपालिका दामनमा नेफ्स्कूनको प्राविधिक सहयोगमा सञ्चालित तालिम साकोसका अध्यक्ष भिमकुमारी थापा मगरको अध्यक्षतामा सुरु भएको थियो । तालिममा साकोसको २४ औँ साधरणसभाबाट नव निर्वाचित पदाधिकारी, सञ्चालक समिति सदस्यहरु, लेखा सुपरिवेक्षण समितिका संयोजक, सदस्यहरु, उपसमिति सदस्यहरु र कर्मचारीको सहभागिता रहेको थियो ।

तालिमको सहजीकरण कार्यक्रम अधिकृत विदुर खड्का र तालिम अधिकृत रविन्द्र श्रेष्ठले गर्नुभएको थियो ।  

सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम अत्यन्त उपलब्धीमूलक रहेको र तालिमबाट सिकेका ज्ञान सीप साकोसमा पूर्ण कार्यान्वयनमा ल्याउने प्रतिवद्धता सहभागीहरुले गरेका थिए । महिला अभियान साकोस नेफ्स्कूनद्धारा सञ्चालित एशियाली स्तरको गुणस्तर सुनिश्चितताको कार्यक्रम एक्सेसमा सहभागी छ । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र