शुक्रबार, वैशाख २१
०८:३८

सगुन साकोसका कर्मचारीमाथि भएको गोली प्रहारको अभियोगमा ४ जना पक्राउ 

बिहीबार, कात्तिक ३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

सर्लाही । सगुन बचत तथा ऋण सहकारी संस्था लि. को मिलनचोकस्थित सेवा केन्द्रमा कार्यरत बरिष्ठ सहायक कर्मचारी साजन कार्कीमाथि गोली प्रहार गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीनजना भारतीय छन् भने एक जना नेपाली रहेका छन् ।

रकम लुटपाट गर्ने उद्देश्यका साथ सहकारीका कर्मचारीमाथी गोली प्रहार गरी भागेका तीन जनालाई प्रहरीले नेपाल–भारत सीमाबाट बुधबार राती पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको बिहार राज्यका १९ वर्षीय आलोक सिंह, १९ वर्षीय सौरभकुमार यादव र १९ वर्षीय गुलसन कुमार सिंह रहेका छन् । घटनाको मुख्य योजनाकार एवं सहयोगी सर्लाहीको धनकौल गाउँपालिका–१ का ३२ वर्षीय डिजे भन्ने धीरेन्द्र सहनीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुधबार बिहान घटना पश्चात प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको टोलीले बलरा नगरपालिका ७ गडहियास्थित एक घरमा लुकीछिपी बसेको अवस्थामा चारै जनालाई नियन्त्रणमा लिएको हो ।

लुटेराहरुको समूहद्वारा प्रहार गरिएको चार गोली लागी गम्भीर घाइते भएका कार्कीको ललितपुरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकको भनाई अनुसार घाइते कार्कीको स्वास्थ्यस्थिति खतरामुक्त रहेको साकोसका व्यवस्थापक रविन्द्र रानाले जानकारी गराउनुभएको छ ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र