शनिबार, वैशाख १५
०६:४८

एक्सेस कार्यक्रममा आबद्ध काभ्रेका दुई साकोस बीच एकीकरण सम्झौता

बिहीबार, भदौ ३०
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काभ्रे । एशियाली स्तरको गुणस्तर सुनिश्चितताको कार्यक्रम एक्सेसमा आबद्ध काभ्रेपलाञ्चोकका दुई साकोस बीच एकीकरण सम्झौता भएको छ । 

पनौती नगरपालिका–४, मा मुख्य कार्यालय रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. र बनेपा–७, मा मुख्य कार्यालय रहेको युवा बचत तथा ऋण सहकारी संस्था लि. बीच भाद्र २९ गते, बुधबार एकीकरण सम्झौता भएको हो ।

एशियाली ऋण महासंघद्वारा प्रवर्द्धित र नेफ्स्कूनद्वारा सञ्चालित एक्सेस कार्यक्रम अन्तर्गत सामुदायिक एक्सेस सिल्भर ब्राण्ड प्राप्त साकोस हो भने युवा एक्सेस कार्यक्रममा आबद्ध साकोस हो । 

सामुदायिक साकोसको मुख्य कार्यालयमा भएको एकीकरण सम्झौतामा दुबै संस्थाका एकीकरण कार्यदलले सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र सल्लाहकार समेतको उपस्थितिका बीच एकीकरण सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

२०५१ साल माघ १४ गते स्थापना भएको सामुदायिकले यस अघि नै ९ वटा सहकारी संस्था एकीकरण गरिसकेको छ । काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कार्यक्षेत्र रहेको यस संस्थाको ३८ हजार शेयर सदस्य र रु. ३ अर्ब ७४ करोड पुँजी गरेको छ । त्यस्तै २०५३ साल भाद्र १५ गते स्थापना भएको युवा साकोसमा ११ हजार शेयर सदस्य र रु. ४५ करोड पूँजी रहेको छ ।

कार्यक्रममा संयुक्त एकीकरण कार्यदलका संयोजक एवं युवा साकोसका अध्यक्ष उदयराम कायस्थले अब सानो र सुन्दर भनेर सहकारी संस्थाहरु सञ्चालन गर्न अबको परिस्थितिमा सहज नभएको बताउँदै ठूलो र बलियो भन्ने अवधारणालाई अंगिकार गर्न जरुरी रहको बताउनुभयो । 

त्यसैगरी सामुदायिक साकोसका अध्यक्ष प्रकाश बन्जाराले राज्यको कानून, सहकारी ऐन, नियमावली तथा निर्देशनलाई अक्षरशः पालना गर्दै शेयर सदस्यहरुलाई एकीकृत संस्थाबाट दिगो र गुणस्तरिय सेवा उपलब्ध गराउने उद्देश्य सहित एकीकरणको आवश्यकता महशुस गरी अगाडि बढेको बताउनुभयो । 

एकीकरणको ढोका खुला नै राखेको र अन्य संस्थाहरुसँग पनि एकीकरणको छलफल चलिरहेको उहाँले बताउनुभयो । 

दुबै संस्थाको आगामी साधारण साभामा एकीकरण प्रस्ताव पारित भएसँगै दुर्व संस्थाको एकीकृत कारोबार सुरु हुने अध्यक्ष बञ्जाराले बताउनुभो ।


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र