शुक्रबार, वैशाख १४
११:१४

तरकारी फलफूल साकोसको संस्थागत विकास तालिम सम्पन्न

बुधबार, भदौ २९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । कालिमाटीमा रहेको तरकारी फलफूल बचत तथा ऋण सहकारी संस्था लि. को संस्थागत विकास तालिम सम्पन्न भएको छ । भाद्र २६ देखि २८ गतेसम्म भक्तपुरको नगरकोटमा सञ्चालन भएको तालिममा साकोसका सञ्चालक समितिका पदाधिकारी, सञ्चालकहरु, लेखा सुपरिवेक्षण समितिका संयोजक लगायत सदस्यहरु र व्यवस्थापन कर्मचारीहरु गरी १८ जनाको सहभागिता रहेको थियो । नेफ्स्कूनको प्राविधिक सहयोगमा सम्पन्न तालिमको सहजीकरण नेफ्स्कूनका बरिष्ठ कार्यक्रम अधिकृत भरत प्रसाद न्यौपाने र तालिम अधिकृत उमेश कोइरालाले गर्नुभएको थियो । 

तालिम समापनका अवसरमा साकोसका अध्यक्ष दुर्गालाल श्रेष्ठको अध्यक्षता र निवर्तमान अध्यक्ष एवम् सल्लाहकार उज्वल कार्की, पूर्व अध्यक्ष एवम् सल्लाहकार भगवान चन्द्र उप्रेती, सल्लाहकार भरत प्रसाद खतिवडा र दिपक अधिकारीको आतिथ्यता रहेको थियो । 

साकोस नेफ्स्कूनद्वारा सञ्चालित जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम कर्ब्समा आवद्ध छ । साकोसमा हाल १ हजार ९ सय ८७ सेयर सदस्य छन् भने साकोसको कुल वासलात ६१ करोड रुपैंया  रहेको छ ।  

तालिम पश्चात सहभागीहरुले तालिमबाट प्राप्त ज्ञान सीप साकोस सञ्चालनमा प्रयोगमा ल्याउने प्रतिवद्धता व्यक्त गरेका थिए । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र