शनिबार, वैशाख १५
१०:४३

सिक्ट्याबद्वारा आयोजित तालिममा मधेश प्रदेशका साकोसकर्मीहरुको सहभागिता

सोमबार, साउन २३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । कृषिगत बैंकिङमा अन्तर्राष्ट्रिय सहकारीता एवम् प्रशिक्षण केन्द्र (सिक्ट्याब) भारतको आयोजनामा यही श्रावण २४ गतेदेखि २७ गतेसम्म पुनेमा आयोजना हुने तालिम सहभागिताका लागि मधेस प्रदेशका सहकारीकर्मीहरु आज, श्रावण २३ गते भारत प्रस्थान गर्नुभएको छ । नेफ्स्कून फिल्ड कार्यालय जनकपुरको समन्वय रहेको उक्त भ्रमण टोलिको नेतृत्व जनकपुर फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य द्वय नविन कुमार कर्ण र गंगा बलम्पाकीले गर्नुभएको छ । भ्रमण टोलिलाई नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुले काठमाडौं विमानस्थलबाट सहभागिताका लागि शुभकामना दिनुभएको थियो । 

भ्रमणमा मधेश प्रदेशका विभिन्न बचत तथा ऋण  सहकारी संस्थाका गरी २२ जना सहभागी हुनुभएको छ । 

एशिया र अफ्रिका कार्यक्षेत्र रहनेगरी भारत सरकारको निश्चित स्वामित्व सहित सञ्चालनमा रहेको सिक्ट्यावले हालसम्म भारत लगायत नेपाल, बंगलादेश, श्रीलंका, भुटान र मालदिभ्समा सदस्य विस्तार गरी नियमित तालिम सञ्चालन गर्दै आएको छ । लामो समयदेखि नियमित सदस्य रहेको नेफ्स्कूनबाट प्रतिनिधित्व गर्दै बार्षिक सयौंको संख्यामा सहकारीकर्मीहरु प्रशिक्षित हुने गरेका छन् । सिक्ट्यावले भारतका अतिरिक्त अन्य सदस्य देशहरुमा समेत तालिम सञ्चालन गर्ने गरेको छ । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र